गणेश नेपालीको अवस्था गम्भीर, उपचार खर्च सरकारले बेहोर्ने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ । उनकाे अवस्था गम्भीर छ ।

उनकाे वीर अस्पतालमा उपचार भइरहेकाे छ । नेपालीलाई थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरेकाे थियाे । तर, उनकाे अवस्था जटिल भएका कारण तत्काल भारत लैजना समस्या भएकाे प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

घाइतेको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुगेका थिए ।  चिकित्सकसँगकाे परामर्शपछि तत्काल भारत लैजान राेकिएकाे हाे ।

त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा काठमाडाैं नगर प्रहरीले माेटरसाइकलमा लक लगाइदिएपछि आत्मदाह प्रयास गरेका २६ वर्षीय गणेश नेपाली अहिले जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन् । अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टाको केही भाग गम्भीर रूपमा जलेको छ । गणेशले दाजु मदनसँग महानगर प्रहरीले गर्दा भएको हो…। आमा–बुवालाई राम्रो गर्नू भनेका थिए ।

प्रकाशित मिति: शुक्रबार, २६ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.