काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ । उनकाे अवस्था गम्भीर छ ।
उनकाे वीर अस्पतालमा उपचार भइरहेकाे छ । नेपालीलाई थप तथा विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लैजाने तयारी गरेकाे थियाे । तर, उनकाे अवस्था जटिल भएका कारण तत्काल भारत लैजना समस्या भएकाे प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।
घाइतेको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू बिहीबार वीर अस्पताल पुगेका थिए । चिकित्सकसँगकाे परामर्शपछि तत्काल भारत लैजान राेकिएकाे हाे ।
त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा काठमाडाैं नगर प्रहरीले माेटरसाइकलमा लक लगाइदिएपछि आत्मदाह प्रयास गरेका २६ वर्षीय गणेश नेपाली अहिले जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन् । अनुहार, घाँटी, छाती, दुवै हात र खुट्टाको केही भाग गम्भीर रूपमा जलेको छ । गणेशले दाजु मदनसँग महानगर प्रहरीले गर्दा भएको हो…। आमा–बुवालाई राम्रो गर्नू भनेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)