विराटनगर । विराटनगर महानगरपालिका – १८ भेडियारीमा गाँजासहितको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाडेर पोखरीमा बेपत्ता भएका युवक अझै फेला परेका छैनन ।
मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बिहान ८ः५० बजेतिर मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१८ का मञ्जितकुमार यादव भेडियारी पोखरीमा बेपत्ता भएका हुन् ।
बेपत्ताकाे खाेजीका लागि बुधबार गाेताखाेरकाे टाेली परिचालन भएकाे थियाे । तर, गाेताखाेरले फेला पार्न सकेन् । बिहीबार पनि खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।
उनीसँगै रहेका भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादवलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार मोटरसाइकलको पछाडि बसेका यादवले बोकेको झोला चेकजाँच गर्दा लुकाइछिपाइ राखिएको ६ किलो १३० ग्राम गाँजा बरामद भएको थियाे ।
बरामद गरिएको गाँजा र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको श्रेष्ठले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,445)
जीवन विकासले बोलायो साधारणसभा (2,415)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,375)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,359)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,227)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,161)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,583)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,121)