गाँजा छाडेर पाेखरीमा बेपत्ता युवक अझै भेटिएनन्

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिका – १८ भेडियारीमा गाँजासहितको भारतीय नम्बर प्लेटको मोटरसाइकल छाडेर पोखरीमा बेपत्ता भएका युवक अझै फेला परेका छैनन ।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार बुधबार बिहान ८ः५० बजेतिर मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१८ का मञ्जितकुमार यादव भेडियारी पोखरीमा बेपत्ता भएका हुन् ।

बेपत्ताकाे खाेजीका लागि बुधबार गाेताखाेरकाे टाेली परिचालन भएकाे थियाे । तर, गाेताखाेरले फेला पार्न सकेन् ।  बिहीबार पनि खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।

उनीसँगै रहेका भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादवलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार मोटरसाइकलको पछाडि बसेका यादवले बोकेको झोला चेकजाँच गर्दा लुकाइछिपाइ राखिएको ६ किलो १३० ग्राम गाँजा बरामद भएको थियाे ।

बरामद गरिएको गाँजा र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको श्रेष्ठले बताए ।

प्रकाशित मिति: बिहिबार, २५ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.