काेशी प्रदेशकाे बजेट पारित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट बुधबार पारित गरेको छ ।

बजेटका कतिपय प्रावधानप्रति सत्तारुढ दलभित्रै व्यापक असन्तुष्टि देखिएपछि दलहरूले ‘ह्वीप’ जारी गरेका थिए ।

सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसले बजेट पारित गर्न आफ्ना सांसदहरुलाई ‘ह्वीप जारी गरेका थिए । दुवै दलले अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेका हुन् । सत्तापक्षभित्रै तीव्र मतभेद देखिएपछि सम्भावित ‘फ्लोर क्रस’ र अनुपस्थितिलाई रोक्न दुवै दलले ‘ह्वीप’को सहारा लिएर बजेट पारित गराएका हुन् ।

मुख्यमन्त्री र मन्त्रीका निर्वाचन क्षेत्रमा मात्र बजेट केन्द्रित गरिएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध र हस्ताक्षर अभियान चलाएपछि सरकार दबाबमा परेको थियो । सांसदहरूको असन्तुष्टिका कारण यसअघि पटकपटक प्रदेशसभा बैठक स्थगित भएको थियो । अन्ततः सरकारले बजेटको असन्तुलन मिलाउन विभिन्न मन्त्रालयबाट १ अर्ब रुपैयाँ कटौती (सरेन्डर) गर्ने प्रतिबद्धता जनाएपछि विवाद साम्य भएको थियो ।

प्रकाशित मिति: बुधबार, २४ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.