प्रधानमन्त्रीविरुद्ध भिडियाे बनाउने पाेखरेल कारागार चलान

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रधानमन्त्री बालेन शाहलगायतका नेताहरूलाई सामाजिक सञ्जालमार्फत गाली–गलौज र अपमान गरेको आरोपमा पक्राउ परेका पाँचथरका युट्युबर रोशन पोखरेललाई जिल्ला अदालतले कारागार चलानकाे आदेश दिएकाे छ । पोखरेल विरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।

जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले असार १८ गते उनलाई कारागार पठाउन आदेश दिएको हो । आदेशपछि उनी कारागार चलान भएका छन् ।

युट्युब, फेसबुक र टिकटक लगायतका माध्यमबाट प्रधानमन्त्री र उनको परिवारको मानमर्दन हुने सामग्री प्रसारण गरेको अभियोग उनीमाथि छ ।

यसअघि चैत २६ गते पक्राउ परेका उनलाई चर्को विरोधपछि प्रहरीले परिवारको जिम्मा लगाएको थियो, तर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेपछि अदालतले थुनामा राख्ने आदेश दिएकाे जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले बताए ।

प्रकाशित मिति: मङ्गलबार, २३ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.