विराटनगर । प्रधानमन्त्री बालेन शाहलगायतका नेताहरूलाई सामाजिक सञ्जालमार्फत गाली–गलौज र अपमान गरेको आरोपमा पक्राउ परेका पाँचथरका युट्युबर रोशन पोखरेललाई जिल्ला अदालतले कारागार चलानकाे आदेश दिएकाे छ । पोखरेल विरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको थियो ।
जिल्ला अदालत पाँचथरका न्यायाधीश कुमार मास्केको इजलासले असार १८ गते उनलाई कारागार पठाउन आदेश दिएको हो । आदेशपछि उनी कारागार चलान भएका छन् ।
युट्युब, फेसबुक र टिकटक लगायतका माध्यमबाट प्रधानमन्त्री र उनको परिवारको मानमर्दन हुने सामग्री प्रसारण गरेको अभियोग उनीमाथि छ ।
यसअघि चैत २६ गते पक्राउ परेका उनलाई चर्को विरोधपछि प्रहरीले परिवारको जिम्मा लगाएको थियो, तर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेपछि अदालतले थुनामा राख्ने आदेश दिएकाे जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,223)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)