विराटनगर । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्ने आदेश दिएलगतै पक्राउ परेका आपराधिक पृष्ठभूमिका अभिषेक गिरीलाई मोरङ प्रहरीले काठमाडौं पठाएको छ ।
ठगी र आपराधिक विश्वासघात मुद्दामा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पठाएकाे हाे ।
मोरङ प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थपका लागि गिरीलाई सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । तर, न्यायाधीश टंकबहादुर महतको इजालसले उच्च अदालतकाे आदेश देखाउँदै गिरीविरुद्ध म्याद थप गर्न अस्वीकार गर्दै हाजिरी जमानीमा छाड्ने आदेश दिएको थियो ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीआईबीले गिरीमाथि ठगी र आपराधिक विश्वासघात मुद्दामा पक्राउ अनुमति लिएका कारण थप अनुसन्धानका लागि काठमाडौं पठाइको हो ।
विराटनगरबाट काठमाडौं लैजाने क्रममा गिरीले आफूलाई मार्ने प्रयास भइरहेको गुनासो गरेका छन् । काठमाडौं लैजान खोज्दा नमानेपछि प्रहरीको टोलीले उनलाई जवरजस्ती बोकेर लगेकाे थियो । सोही क्रममा उनले आफूलाई मार्ने प्रयास भइरहेको गुनासो गरेका हुन् । ‘मलाई मार्ने प्रयास भइरहेको छ, मलाई काटेको छ, कुटेको छ,’ उनले भने,‘ मलाई दुःख दिएर मार्ने प्रयास भइरहेको छ ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)