अभिषेक गिरीलाई रातारात काठमाडौं लगियो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्ने आदेश दिएलगतै पक्राउ परेका आपराधिक पृष्ठभूमिका अभिषेक गिरीलाई मोरङ प्रहरीले काठमाडौं पठाएको छ ।

ठगी र आपराधिक विश्वासघात मुद्दामा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पठाएकाे हाे ।

मोरङ प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थपका लागि गिरीलाई सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । तर, न्यायाधीश टंकबहादुर महतको इजालसले उच्च अदालतकाे आदेश देखाउँदै गिरीविरुद्ध म्याद थप गर्न अस्वीकार गर्दै हाजिरी जमानीमा छाड्ने आदेश दिएको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीआईबीले गिरीमाथि ठगी र आपराधिक विश्वासघात मुद्दामा पक्राउ अनुमति लिएका कारण थप अनुसन्धानका लागि काठमाडौं पठाइको हो ।

विराटनगरबाट काठमाडौं लैजाने क्रममा गिरीले आफूलाई मार्ने प्रयास भइरहेको गुनासो गरेका छन् । काठमाडौं लैजान खोज्दा नमानेपछि प्रहरीको टोलीले उनलाई जवरजस्ती बोकेर लगेकाे थियो । सोही क्रममा उनले आफूलाई मार्ने प्रयास भइरहेको गुनासो गरेका हुन् । ‘मलाई मार्ने प्रयास भइरहेको छ, मलाई काटेको छ, कुटेको छ,’ उनले भने,‘ मलाई दुःख दिएर मार्ने प्रयास भइरहेको छ ।’

प्रकाशित मिति: मङ्गलबार, २३ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.