ग्रामथानमा महिलाकाे हत्या, देवर पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको ग्रामथानमा सोमबार राति महिलाकाे हत्या गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।

ग्रामथान गाउँपालिका–६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २० वर्षीया सीमा राजवंशीको हत्या आराेपमा उनकै देवर २१ वर्षीय सौचन राजवंशी पक्राउ परेका हुन् । उनले घाँटीमा खुकुरी प्रहार गरेर सीमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए ।

देवको खुकुरी प्रहारबाट सीमाको घाँटी छिनेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घरको आँगनमा हत्या गरेपछि घिसार्दै शौचालयनजिक लगेर शव फालेको पाइएको छ । घटनास्थल रक्ताम्य छ ।

सौचनले भाउजूको हत्या गर्नुको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए । देवर–भाउजूबीचको झगडा छुट्याउने क्रममा सौचनका ठूलोबुवा शिवलाल खवास घाइते भएका छन् ।

खुकुरीले दाहिने कुममा गहिरो चोट लागेका उनको नेता चोकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिवलालको अवस्था मध्यम छ ।

प्रकाशित मिति: मङ्गलबार, २३ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.