ग्रामथानमा महिलाकाे हत्या, देवर पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको ग्रामथानमा सोमबार राति महिलाकाे हत्या गरेकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।

ग्रामथान गाउँपालिका–६ झोवावनी बस्ने कपिल खवासकी पत्नी २० वर्षीया सीमा राजवंशीको हत्या आराेपमा उनकै देवर २१ वर्षीय सौचन राजवंशी पक्राउ परेका हुन् । उनले घाँटीमा खुकुरी प्रहार गरेर सीमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको  मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए ।

देवको खुकुरी प्रहारबाट सीमाको घाँटी छिनेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घरको आँगनमा हत्या गरेपछि घिसार्दै शौचालयनजिक लगेर शव फालेको पाइएको छ । घटनास्थल रक्ताम्य छ ।

सौचनले भाउजूको हत्या गर्नुको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए । देवर–भाउजूबीचको झगडा छुट्याउने क्रममा सौचनका ठूलोबुवा शिवलाल खवास घाइते भएका छन् ।

खुकुरीले दाहिने कुममा गहिरो चोट लागेका उनको नेता चोकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिवलालको अवस्था मध्यम छ ।

प्रकाशित मिति: मङ्गलबार, २३ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.