धनकुटामा १७५ किलो गाँजा बरामद

Satya Sanchar सत्य सञ्चार

धरान । धनकुटाको महालक्ष्मी नगरपालिका–६ माङमायाबाट प्रहरीले १७५ किलो गाँजा बरामद गरेको छ ।

कोशी राजमार्गअन्तर्गत चानुवाबाट लेगुवातर्फ जाँदै गरेको को२त ४८९८ नम्बरको ट्याक्टरमा लुकाइछिपाइ गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले जाँच गर्दा गाँजा बरामद गरेको हो ।

प्रहरी चौकी लेगुवाबाट प्रहरी सहायक निरीक्षक गोविन्द दासको कमाण्डमा खटिएको टोलीले ट्याक्टरबाट २२ वटा बोरामा राखिएको १७५ किलो ५७० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनामा संलग्न ट्याक्टर चालक १९ वर्षीय राजकुमार बयलकोटीलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले गाँजा, ट्याक्टर तथा चालकलाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, २२ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.