कोशी र बीपीकाे अतिक्रमण एकसाता भित्र हटाउन दुई मन्त्रीकाे निर्देशन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेशका दुई ठूला सरकारी स्वास्थ्य संस्था कोशी अस्पताल विराटनगर र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अतिक्रमित जग्गा फिर्ता गराउन सरकारले कडा कदम चालेको छ ।

आइतबार गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले दुवै अस्पतालको स्थलगत निरीक्षण गर्दै अनधिकृत रूपमा प्रयोग भइरहेका सरकारी सम्पत्ति एक साताभित्र खाली गराउन निर्देशन दिएका हुन् ।

कोशी अस्पतालको स्वामित्वमा रहेको बहुमूल्य जग्गामा वर्षौदेखि रेडक्रस, क्षयरोग निवारण संस्था र मन्दिरले व्यापारिक संरचना बनाएर प्रयोग गरिरहेका छन् । आइतबार अस्पताल  निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले एक औषधि पसल सञ्चालकलाई सोधे, ‘कन्ट्र्याक्ट पेपर कहाँ छ ? सरकारी जग्गामा बसेर समितिलाई भाडा बुझाउने होइन ।’

अस्पताल प्रशासनले यसअघि दिएको १५ दिनको समयसीमा सकिए पनि संरचना नहटेपछि स्वास्थ्यमन्त्री मेहताले अब सरकार सिधै कार्यान्वयनमा जाने बताए ।

अस्पतालले आफ्नो जग्गा प्रयोग गर्न नपाए पनि राजस्व सरकारलाई बुझाइरहेकाे छ । रेडक्रस र क्षयरोग निवारण संस्था जस्ता निकायले अस्पतालको जग्गामा सटर बनाएर मासिक लाखौँ भाडा असुलिरहेको पाइएको छ ।

धरानस्थित बीपी प्रतिष्ठानमा पनि अनधिकृत रूपमा प्रयोग भइरहेको गल्फ क्लब र सात वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेका १० वटा आवास गृहको मन्त्रीद्वयले निरीक्षण गरे ।

गृहमन्त्रीले प्रतिष्ठानको जग्गा व्यक्ति वा समूहले अनुमति बिना प्रयोग गरेको पाइए तत्काल कानुनी प्रक्रिया अघि बढाउन स्थानीय प्रशासनलाई निर्देशन दिए ।

प्रतिष्ठानभित्रका बेथिति, बिचौलियाको चलखेल र औषधि व्यवस्थापनबारे पनि मन्त्रीहरूले तीन घण्टा लामो छलफल गरेका थिए । गल्फ मैदानलाई पर्यटन र प्राकृतिक उपचार केन्द्रका रूपमा बहुउद्देश्यीय ढङ्गले विकास गर्ने योजना समेत अघि सारिएको छ ।

प्रकाशित मिति: सोमबार, २२ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.