विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेटलाई लिएर सत्तारुढ दलभित्रै विवाद चुलिएको छ ।
बजेट असन्तुलित र पहुँचवाला केन्द्रित भएको भन्दै सत्तापक्षका सांसदहरूले नै विरोध जनाएका हुन् । सत्तापक्षकै सांसदको विरोधका कारण बिहीबारका लागि बोलाइएको प्रदेशसभा बैठक असार १६ गतेसम्मका लागि स्थगित गरिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले सार्वजनिक गरेको बजेटमा मन्त्रीहरूले मनपरी गरेको र मुख्यमन्त्रीको जिल्लामा मात्रै ठूलो रकम केन्द्रित गरिएको भन्दै एमाले र नेपाली कांग्रेसका सांसदहरू आक्रोशित छन् ।
विशेषगरी पहाडी र हिमाली जिल्लाका पुराना योजना काटिएको र सुगम क्षेत्रमा अनावश्यक नयाँ योजना थपिएको उनीहरूको आरोप छ।
सांसदहरूको तीव्र असन्तुष्टिपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विवाद मिलाउन समय मागेका छन् । बजेटको मूल दस्तावेज संशोधन गर्ने अभ्यास नभएकाले मन्त्रिपरिषद्को निर्णयबाट केही योजना रद्द गर्ने र वित्तीय हस्तान्तरणमार्फत बजेट सन्तुलन मिलाउने विकल्पमा छलफल भइरहेको छ।
कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई भेटेर सांसदहरूले बजेट नसच्चिए संसद् चल्न नदिने चेतावनी दिएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)