माैसम : पहाडी क्षेत्रमा वर्षा र तराईमा गर्मीकाे सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आज (शुक्रबार) वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा भने गर्मी बढ्ने सम्भावना  रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

कोशी, मधेश र बागमती प्रदेशमा मनसुनी वायु सक्रिय रहेकाले ती क्षेत्रमा मौसमको प्रभाव बढी देखिनेछ । अन्य प्रदेशमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम छ ।

हाल पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश स्थानमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

शुक्रबार दिउँसो पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशको तराई तथा मधेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा चल्न सक्ने र बागमती तथा गण्डकीका तराईमा तापक्रम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

रातको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहनेछ । महाशाखाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, १२ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.