काठमाडौं । देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आज (शुक्रबार) वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा भने गर्मी बढ्ने सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
कोशी, मधेश र बागमती प्रदेशमा मनसुनी वायु सक्रिय रहेकाले ती क्षेत्रमा मौसमको प्रभाव बढी देखिनेछ । अन्य प्रदेशमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम छ ।
हाल पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ भने तराईका अधिकांश स्थानमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशको तराई तथा मधेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा चल्न सक्ने र बागमती तथा गण्डकीका तराईमा तापक्रम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
रातको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहनेछ । महाशाखाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)