कोशी प्रदेशमा २ अर्ब ८ करोडका योजना स्वीकृत

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश लगानी प्राधिकरणले प्रदेशको आर्थिक विकास र पूर्वाधार निर्माणका लागि चारवटा आयोजनाको लगानी स्वीकृत गरेको छ । प्राधिकरणको ३३ औं बैठकले सार्वजनिक निजी साझेदारी (पिपिपी) अवधारणा अन्तर्गत २ अर्ब ८ करोड ५३ लाख रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

गत वर्ष आयोजना गरिएको कोशी प्रदेश लगानी सम्मेलनमा प्रस्तुत गरिएका प्रस्तावहरूमध्ये सम्भाव्यता र आवश्यकताका आधारमा यी चार आयोजनालाई अन्तिम रूप दिइएको बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक सरोज कोइरालाले बताए ।

उनका अनुसार सुनसरीको दुहवी–४ मा ५५ करोड ९५ लाख रुपैयाँको लागतमा आधुनिक फोहोरमैला व्यवस्थापन परियोजना निर्माण हुनेछ । यसको जिम्मेवारी रिभाइभ इन्फ्राटेक एण्ड इन्भेस्टमेन्टले पाएको छ । दुहवी– ४ र १० मा ३४ करोडको लगानीमा मल्टी चेम्बर एण्ड कोल्ड स्टोरेज निर्माणको योजना स्वीकृत भएको छ । दीर्घायु एग्रो एण्ड इन्भेस्टमेन्टले निर्माण छ । उदयपुरको बेलका–९ मा रामपुर बहुउद्देशीय कृषि फार्मले २० करोडको लगानीमा फोहोरमैला व्यवस्थापनसहितको मल कारखाना र पशुपालन परियोजना सञ्चालन गर्ने योजना स्वीकृत भएको छ ।

सुनसरीको रामधुनी–७ मा रहेको रास ताल क्षेत्रको पर्यटकीय विकास र सञ्चालनका लागि अर्बान एक्सप्लोरर प्रालिको ९८ करोड ५८ लाख रुपैयाँ लगानीको अनुमति दिइएको छ । प्राधिकरणले विराटनगरको रानीदेखि बसपार्कसम्मको क्षेत्रमा पोड–वे निर्माणका लागि प्रक्रिया अघि बढाएको छ । करिब ६ अर्ब लागत अनुमान गरिएको यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न काठमाडौँ पोडवे कम्पनीलाई अनुमति दिएको छ । कोशी प्रदेशमा ६ वर्षअघि लगानी प्राधिकरण स्थापना भएको थियो ।

प्रकाशित मिति: बिहिबार, ११ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.