विराटनगर । अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न झुटो विवरणका आधारमा सिफारिस दिएको आरोपमा मोरङको रंगेलीका वडाध्यक्ष वडा सदस्य पक्राउ परेका छन् ।
रंगेली नगरपालिका–५ का वडाध्यक्ष ५५ वर्षीय महानन्द मण्डल र वडा सदस्य ४६ वर्षीय गणेश ऋषिदेवलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । उनका अनुसार मनुवाकुमार महतो नामका व्यक्तिले अधनुनिया महतो आफ्नी आमा भएको भनी नागरिकताका लागि झुटो विवरण पेस गरेका थिए ।
विवरणका आधारमा वडाध्यक्ष मण्डल र वडा सदस्य ऋषिदेवले सर्जमिन मुचुल्का तथा आवश्यक सिफारिस उपलब्ध गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नागरिकता प्राप्तिका लागि पेस गरिएका कागजात तथा विवरणमाथि छानबिनका क्रममा सिफारिसमा उल्लेख गरिएका तथ्यहरू वास्तविक नभएको देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले पक्राउका लागि प्रहरीलाई पत्राचार गरेको थियो । साही आधारमा पक्राउ गरेकाे हाे । पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको उनलेे बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)