विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि साढे २ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।
बुधबार नगरसभा मार्फत उपमहानगरले २ अर्ब ५२ करोड २८ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।
इटहरीले समयमै बजेट ल्याइरहँदा छिमेकी सहर धरान उपमहानगरपालिकाले भने यसपटक पनि संवैधानिक समयसीमाभित्र बजेट ल्याउन सकेन ।
इटहरीले सार्वजनिक गरेको बजेटमा विकास निर्माण अर्थात् पुँजीगत तर्फ १ अर्ब २९ करोड ४६ लाख र प्रशासनिक तथा चालु खर्च तर्फ ९४ करोड ८३ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ । विषयगत क्षेत्रका लागि २६ करोड ७५ लाख र वित्तीय व्यवस्थापनका लागि १ करोड २४ लाख रुपैयाँ छुट्याइएको छ ।
उपमहानगरपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड र आन्तरिक आम्दानीलाई बजेटको मुख्य स्रोत बनाएको छ । इटहरीले आगामी वर्ष ५६ करोड ३० लाख ४० हजार रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ ।
धरान उपमहानगरपालिकामा भने बजेटलाई लिएर फेरि अन्योल देखिएको छ । असार १० गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भए पनि कार्यपालिकाभित्र योजना बाँडफाँडको विषयमा कुरा नमिल्दा बजेट रोकिएको हो ।
धरानका कार्यवाहक प्रमुख अइन्द्रबिक्रम बेघाले बजेट निर्माणका लागि छलफल जारी रहेको र सहमति जुटेपछि १–२ दिनभित्रै बजेट सार्वजनिक गरिने बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)