विराटनगरकाे बजेट ३ अर्ब ५६ करोड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार आयोजित नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले चालु आर्थिक वर्षको तुलनामा करिब १० करोड रुपैयाँ घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।

चालु आर्थिक वर्षका लागि विराटनगर महानगरपालिकाले ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो । 

महानगरले बजेटको सबैभन्दा ठूलो हिस्सा पूर्वाधार विकासमा विनियोजन गरेको छ । पूर्वाधारतर्फ १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ छुट्याइएको छ, जसमध्ये वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख र नगरस्तरीय योजनाका लागि ६० करोड खर्च गरिनेछ। यस्तै, प्रशासनिक खर्च र कार्यालय सञ्चालनका लागि ७६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ २६ करोड ५० लाख बजेट छुट्याइएको छ, जसमा शिक्षामा १० करोड ९ लाख र स्वास्थ्यमा ७ करोड ३ लाख रुपैयाँ रहेको छ । आर्थिक विकासका लागि ३ करोड २६ लाख, सुशासनका लागि २ करोड ९३ लाख र वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

महानगरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ आन्तरिक आयबाट संकलन गर्ने लक्ष्य राखेको छ । तर, यो लक्ष्यलाई कर्मचारी र सरोकारवालाहरूले ‘हावादारी’ भनेका छन् । चालु आर्थिक वर्षमा पनि सोही बराबरको लक्ष्य राखिएको थियाे । तर, जेठ मसान्तसम्म ४४ करोड ८५ लाख रुपैयाँ मात्रै संकलन भएको छ । असारभित्र लक्ष्य भेट्ने कुनै सम्भावना नभए पनि महानगरले पुनः पुरानै महत्वाकांक्षी अंकलाई आन्तरिक आयको स्रोत मानेको हाे ।

बजेटका अन्य स्रोतहरूमा संघीय सरकारबाट १ अर्ब ७ करोड २८ लाख र प्रदेश सरकारबाट १४ करोड २६ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ। यस्तै, राजस्व बाँडफाँडबाट ९२ करोड ५६ लाख र बैंक मौज्दातबाट १४ करोड रुपैयाँ खर्च ब्यहोरिने महानगरले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, १० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.