मनसुन कमजाेर, तराईमा‘तातो लहर’को सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालमा मनसुन भित्रिए पनि सक्रिय  नभएका कारण देशका विभिन्न स्थानमा गर्मी बढ्ने भएकाे छ । जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा ‘तातो हावाकाे लहर’ चल्ने सम्भावना  छ । बागमती र गण्डकी प्रदेशमा पनि ‘तातो दिन’ रहने प्रक्षेपण गरिएको छ ।

मनसुन कोशी प्रदेश हुँदै देशका अन्य भागमा विस्तार भए पनि कमजोर अवस्थामा रहेकाले तत्कालै ठूलो वर्षाको सम्भावना नरहेको मौसमविदहरुको भनाइ छ ।

मौसमविद् उज्वल उपाध्यायका अनुसार कम्तिमा बिहीबारसम्म देशका अधिकांश स्थानमा उल्लेख्य वर्षा हुने देखिँदैन । मध्ययम वर्षाकाे सम्भावना भने छ । ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराईका जिल्लाहरुमा वर्षाको सम्भावना न्यून छ, जसका कारण गर्मी अझै बढ्न सक्छ,’ उपाध्याय भन्छन्, ‘काठमाडौं उपत्यकामा समेत बुधबार र बिहीबार मौसम सुक्खा रहने देखिन्छ ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्रका साथै गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी तराईमा मनसुनी वायुको प्रभाव छ । अन्य क्षेत्रमा भने अझै पनि पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ ।

मनसुन सक्रिय नहुँदा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अधिकतम तापक्रम बढ्ने र तातो हावा चल्ने जोखिम बढेको हो ।

यस वर्षको मनसुन सरदरभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट नेपाल भित्रिएको थियो ।

प्रकाशित मिति: बुधबार, १० असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.