हाेल्डिङ सेन्टरका सुकुम्बासीलाई बस्ती छाड्न अल्टिमेटम

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका विस्थापित सुकुम्वासीलाई पाँच दिनभित्र ठाउँ छाड्न अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अल्टिमेटम दिएको छ ।

भवन खाली गर्न पाँच दिनको अल्टिमेटमसहितको सूचना होल्डिङ सेन्टरमा टाँसिएपछि सुकुम्वासीमा त्रास फैलिएको छ । सूचना टाँसेसँगै अब कहाँ जाने भन्ने चिन्ता लागेको सुकुम्वासी डम्मबर तामाङले बताए ।

समितिले भने स्व: व्यवस्थापन गरी कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न भनेको छ । सूचना प्रकाशित भएको पाँच दिनभित्र (असार १२) स्व:व्यवस्थापन गर्न भनिएको हाे ।

समितिका सूचना अधिकारी टोपबहादुर बानियाँले सूचनामा भनेको जस्तो जेठ १२ गतेभित्र खाली गर्न नभनिएको भन्दै बचाउँ गरे । उनले १२ गतेसम्म सकारले दिने भनेको २५ हजार रूपैयाँ दिनका लागि निवेदन संकलन कार्य गरिने र काेठा खोजेपछि उक्त रकम दिनका लागि सूचना टाँस गरिएको बताए।

प्रकाशित मिति: मङ्गलबार, ०९ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.