देशभर मनसुन फैलिने क्रम जारी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालमा मनसुनी वायु सक्रिय भएसँगै देशको मौसममा मिश्रित प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन पूर्वबाट क्रमशः पश्चिमतिर फैलिरहेकाले वर्षा हुने क्षेत्र बढ्दै गएको छ भने केही स्थानमा अझै पनि तातो हावाको लहर को प्रभाव छ ।

हाल कोशी, मधेस र बागमती प्रदेशका सबै भूभागमा मनसुन फैलिइसकेको छ । गण्डकी प्रदेशका अधिकांश र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा समेत मनसुनी वायुको प्रभाव सुरु भएको छ । बाँकी क्षेत्रमा भने अझै पनि पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविद्हरूले बताएका छन् ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा पूर्ण बदली रही वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि एक-दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ ।

देशको पूर्वी र मध्य भागमा वर्षाले राहत दिए पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने अझै केही दिन गर्मीको प्रकोप रहने देखिन्छ । ती क्षेत्रमा ‘तातो हावाको लहर’ चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ । साथै, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि तापक्रम उच्च रहन सक्ने अनुमान छ ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षाको सम्भावना कायमै रहनेछ । मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा समेत बदली भई हल्का वर्षा हुन सक्नेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

प्रकाशित मिति: मङ्गलबार, ०९ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.