अर्जेन्टिना विश्वकपकाे नकआउट चरणमा, मेस्सीकाे कीर्तिमान

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । अर्जेन्टिना विश्वकप फुटबलकाे नकआउट चरणमा प्रवेश गरेकाे छ । विश्वचर्चित स्टार कप्तान लियोनेल मेस्सीले अस्ट्रियाविरुद्ध सनसनिपूर्ण प्रदर्शन गर्दै २ गाेल गरेपछि अर्जेन्टिना नकआउट चरणमा प्रवेश गरेकाे हाे । दुबै गोल मेस्सीले गरे । उनले पहिलो गोल गर्नासाथ उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता बनेका थिए।

उनले जर्मनीका पूर्व स्ट्राइकर मिरवस्लाभ क्लोसको १६ गोलको कीर्तिमानलाई पछि पारे । क्लोसले सन् २००२ देखि २०१४ सम्म विश्वकपमा उक्त कीर्तिमान बनाएका थिए ।

अमेरिकाको डालसमा भएको खेलमा ३८औँ मिनेटमा मेस्सीले इतिहास रचे । फाकुन्डो मेडिनाको कटब्याकलाई थियागो आल्माडाले चलाखीपूर्वक छोडिदिएको बललाई मेस्सीले पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट गोल गरे ।

उनको दोस्रो गोल इन्जुरी समयमा गरे ।

त्यसअघि खेलको आठौँ मिनेटमै अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । स्टेफान पोशले लाउटारो मार्टिनेजलाई फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। तर मेस्सीको प्रहार पोस्ट बाहिरिएपछि उनले सुरुमै कीर्तिमान बनाउने अवसर गुमाएका थिए । तर त्यो निराशा धेरैबेर टिकेन। आफ्नो परिचित शैलीमा खेल्दै उनले ऐतिहासिक रातलाई स्मरणीय बनाए । मेस्सी दुई गोलसँगै विश्वकपका हालसम्मका सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

जितपछि ६ अंकसहित अर्जेन्टिना अन्तिम ३२ मा पुग्ने चौथो टोली बनेको छ।

प्रकाशित मिति: मङ्गलबार, ०९ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.