जग्गा खाली गर्न कोशी अस्पतालले टास्याे १५ दिने सूचना

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी अस्पताल विराटनगरकाे जग्गा अतिक्रमण गरेर निर्माण गरेकाे संरचना हटाउन १५ दिने सूचना जारी गरेकाे छ  ।

संघीय सरकारकाे  निर्देशन र अस्पतालले गठन गरेकाे छानबिन समितिको प्रतिवेदनका आधारमा अतिक्रण गरी निर्माण गरिएका संरचना खाली गर्न शुक्रबार सूचना जारी भएकाे हाे ।

अस्पतालको नाममा ५ बिघा ८ कठ्ठा ९ धुर जग्गा  छ । जसमध्ये अस्पतालकाे दक्षिण खण्डमा नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस साेसाइटी,  देवकोटा पुस्तकालय र गणेश मन्दिर निर्माण गरिएकाे छ । व्यस्त बजार भएका कारण ती संस्थाले सटर बनाए भाडामा लगाएका छन् । शुक्रबार अस्पताल प्रशासनले सबै संस्थाकाे गेटमा १५ दिने सूचना टास गरेकाे हाे ।

अस्पताल प्रशासनका अनुसार क्षयरोग निवारण संस्थाले करिब ६ कठ्ठा ८ धुर, देवकोटा पुस्तकालयले करिब २ कठ्ठा १० धुर, गणेश मन्दिरले करिब २ कठ्ठा र नेपाल रेडक्रस सोसाइटीले करिब २ कठ्ठा जग्गामा सटरसहितका संरचना बनाएका छन् ।

कोशी अस्पताल परिसरमा ५०० शैय्याको मेडिकल भवन र २५९ शैय्याको विशिष्टीकृत सेवा भवन निर्माण भइरहेकाे छ । अस्पतालको सेवा विस्तारका लागि आफ्नै जग्गा उपभोग गर्नुपर्ने भएकाले ती संरचना हटाउन सूचना जारी गरेकाे अस्पताल प्रशासनले जनाएकाे छ ।

सूचना जारी भएकाे १५ दिन भित्र संरचना नहटाए कानुन अनुसार अघि बढ्ने    काेशी  अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चन्द्रभाल झाले जानकारी दिए । ‘माथिबाटै प्रक्रिया भएर आएकाे हाे, हामीले अतिक्रमण खाली गर्न १५ दिने सूचना जारी गरेका छाै‌,’ उनले भने,’ अटेर भयाे भने कानुन अनुसार अघि बढ्नुपर्छ ।’

काेशी अस्पतालकाे जग्गामा २०१६ सालमा क्षयराेग निवारण संस्था स्थापना भएकाे थियाे । देवकाेटा पुस्तकालय पनि २०१६ साल आसपास नै स्थापना भएकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, ०५ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.