विराटनगर । कोशी अस्पताल विराटनगरकाे जग्गा अतिक्रमण गरेर निर्माण गरेकाे संरचना हटाउन १५ दिने सूचना जारी गरेकाे छ ।
संघीय सरकारकाे निर्देशन र अस्पतालले गठन गरेकाे छानबिन समितिको प्रतिवेदनका आधारमा अतिक्रण गरी निर्माण गरिएका संरचना खाली गर्न शुक्रबार सूचना जारी भएकाे हाे ।
अस्पतालको नाममा ५ बिघा ८ कठ्ठा ९ धुर जग्गा छ । जसमध्ये अस्पतालकाे दक्षिण खण्डमा नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस साेसाइटी, देवकोटा पुस्तकालय र गणेश मन्दिर निर्माण गरिएकाे छ । व्यस्त बजार भएका कारण ती संस्थाले सटर बनाए भाडामा लगाएका छन् । शुक्रबार अस्पताल प्रशासनले सबै संस्थाकाे गेटमा १५ दिने सूचना टास गरेकाे हाे ।
अस्पताल प्रशासनका अनुसार क्षयरोग निवारण संस्थाले करिब ६ कठ्ठा ८ धुर, देवकोटा पुस्तकालयले करिब २ कठ्ठा १० धुर, गणेश मन्दिरले करिब २ कठ्ठा र नेपाल रेडक्रस सोसाइटीले करिब २ कठ्ठा जग्गामा सटरसहितका संरचना बनाएका छन् ।
कोशी अस्पताल परिसरमा ५०० शैय्याको मेडिकल भवन र २५९ शैय्याको विशिष्टीकृत सेवा भवन निर्माण भइरहेकाे छ । अस्पतालको सेवा विस्तारका लागि आफ्नै जग्गा उपभोग गर्नुपर्ने भएकाले ती संरचना हटाउन सूचना जारी गरेकाे अस्पताल प्रशासनले जनाएकाे छ ।
सूचना जारी भएकाे १५ दिन भित्र संरचना नहटाए कानुन अनुसार अघि बढ्ने काेशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चन्द्रभाल झाले जानकारी दिए । ‘माथिबाटै प्रक्रिया भएर आएकाे हाे, हामीले अतिक्रमण खाली गर्न १५ दिने सूचना जारी गरेका छाै,’ उनले भने,’ अटेर भयाे भने कानुन अनुसार अघि बढ्नुपर्छ ।’
काेशी अस्पतालकाे जग्गामा २०१६ सालमा क्षयराेग निवारण संस्था स्थापना भएकाे थियाे । देवकाेटा पुस्तकालय पनि २०१६ साल आसपास नै स्थापना भएकाे थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)