कंगोसँग बराबरीमा राेकियाे पाेर्चुगल

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको पोर्चुगल अफ्रिकन टोली कंगोसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

समूह ‘के’ मा आफ्नो पहिलो खेलमा बराबरीमा राेकिएकाे हाे । रोनाल्डोले छैटौं विश्वकप खेल्दै मैदानमा पुरै समय बिताएपनि गोल गर्न भने सकेनन् ।

बुधबार राति सम्पन्न खेलमा सुरुवाती अग्रता पोर्चुगलले लियाे । तर अग्रता जोगाउन असफल हुँदा तीन अंक गुमाउन पुग्यो । पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो गोलविहीन बन्दा उनले केही उत्कर्ष्ट मौकामा गोल गर्न चुकेका थिए ।

खेलमा छैटौं मिनेटमा पेड्रो नेटोको क्रसमा जाओ नेभेसले उत्कृष्ट हेड गर्दै पोर्चुगललाई अग्रता दिलाएपनि उनको पहिलो हाफको इन्जुरी समयमा कंगोले खेल बराबरीमा ल्याएको थियो । उसका लागि योआने विसाले पहिलो हाफको इन्जुरी समयमा अर्थर मसौकाको उत्कृष्ट क्रसमा हेड गर्दै खेल बराबरीमा ल्याएका थिए।

६८ हजार ७७७ दर्शकमाझ उत्कृष्ट लय सहित गतिलो सुरुवात गर्ने अपेक्षा गरिएपनि खेलमा पोर्चुगलको सो लय देखिएन् ।

दोस्रो हाफमा पोर्चुगलले लगातार दबाब सिर्जना गर्यो । तर गाेल गर्न खेलाडी सफल भएनन् ।

यो नतिजासँगै विश्वकप जित्ने लक्ष्य बोकेको पोर्चुगलमाथि समूह चरणका बाँकी खेलमा दबाब बढेको छ भने कंगोले आफ्नो विश्वकप इतिहासमा महत्वपूर्ण अंक जोड्दै नयाँ आत्मविश्वास हासिल गरेको छ ।

प्रकाशित मिति: बिहिबार, ०४ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.