कंगोसँग बराबरीमा राेकियाे पाेर्चुगल

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । विश्वकप फुटबलमा उपाधि दाबेदार मानिएको पोर्चुगल अफ्रिकन टोली कंगोसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

समूह ‘के’ मा आफ्नो पहिलो खेलमा बराबरीमा राेकिएकाे हाे । रोनाल्डोले छैटौं विश्वकप खेल्दै मैदानमा पुरै समय बिताएपनि गोल गर्न भने सकेनन् ।

बुधबार राति सम्पन्न खेलमा सुरुवाती अग्रता पोर्चुगलले लियाे । तर अग्रता जोगाउन असफल हुँदा तीन अंक गुमाउन पुग्यो । पोर्चुगलका स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डो गोलविहीन बन्दा उनले केही उत्कर्ष्ट मौकामा गोल गर्न चुकेका थिए ।

खेलमा छैटौं मिनेटमा पेड्रो नेटोको क्रसमा जाओ नेभेसले उत्कृष्ट हेड गर्दै पोर्चुगललाई अग्रता दिलाएपनि उनको पहिलो हाफको इन्जुरी समयमा कंगोले खेल बराबरीमा ल्याएको थियो । उसका लागि योआने विसाले पहिलो हाफको इन्जुरी समयमा अर्थर मसौकाको उत्कृष्ट क्रसमा हेड गर्दै खेल बराबरीमा ल्याएका थिए।

६८ हजार ७७७ दर्शकमाझ उत्कृष्ट लय सहित गतिलो सुरुवात गर्ने अपेक्षा गरिएपनि खेलमा पोर्चुगलको सो लय देखिएन् ।

दोस्रो हाफमा पोर्चुगलले लगातार दबाब सिर्जना गर्यो । तर गाेल गर्न खेलाडी सफल भएनन् ।

यो नतिजासँगै विश्वकप जित्ने लक्ष्य बोकेको पोर्चुगलमाथि समूह चरणका बाँकी खेलमा दबाब बढेको छ भने कंगोले आफ्नो विश्वकप इतिहासमा महत्वपूर्ण अंक जोड्दै नयाँ आत्मविश्वास हासिल गरेको छ ।

प्रकाशित मिति: बिहिबार, ०४ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.