विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट परम्परागत र दिशाहीन रहेकाे प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताएका छन् । उनले बजेटले वर्तमान आर्थिक चुनौतीको सामना गर्न नसक्ने बताए ।
आङ्बोले बजेटले राखेको ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य वर्तमान परिस्थितिमा हासिल हुन नसक्ने दाबी गरे । ‘उहाँहरूले जुन राजस्वको अनुमान गर्नुभएको छ, त्यो उठ्ने देखिँदैन र ५ प्रतिशतको आर्थिक वृद्धि पनि अहिलेको परिस्थितिमा सम्भव छैन,’ आङ्बोले भने ।
बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको र सबै क्षेत्रलाई समेट्न खोज्दा बजेट आफैँ अलमलिएको उनले बताए ।
शिक्षा, स्वास्थ्य र कृषिजस्ता जनताका आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रलाई बजेटले छुन नसकेको प्रतिपक्षी नेताको आरोप छ । उनले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार मिचेर बजेट विनियोजन गरेको समेत बताए । ‘विद्युत उत्पादन र प्रसारण लाइनमा बजेट विनियोजन गर्नु प्रदेशको क्षेत्राधिकार भन्दा बाहिरको विषय हो,’ उनले भने ।
पहाडी क्षेत्रबाट भइरहेको तीव्र बसाइँसराइको समस्या समाधानका लागि बजेटमा कुनै ठोस योजना नआएको आङ्बोको भनाइ छ ।
संघीय सरकारको बजेट जस्तै प्रदेशको बजेटले पनि आम नागरिक र विपन्न वर्ग (भुइँमान्छे)का समस्यालाई सम्बोधन गर्न नसकेको आङ्बोले बताए । उनले भने, ‘बजेटले भुइँमान्छेका मुद्दालाई पूर्णतः उपेक्षा गरेको छ, यसले संघीयता र प्रदेश सरकारमाथि उठिरहेका प्रश्नहरूको उत्तर दिन र नयाँ मार्गचित्र कोर्न सकेन ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,988)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,924)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,889)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,711)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,162)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,148)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)