कोशी प्रदेशको बजेट परम्परागत भयाे : आङ्बाे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट परम्परागत र दिशाहीन रहेकाे प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताएका छन् । उनले बजेटले वर्तमान आर्थिक चुनौतीको सामना गर्न नसक्ने बताए ।

आङ्बोले बजेटले राखेको ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य वर्तमान परिस्थितिमा हासिल हुन नसक्ने दाबी गरे । ‘उहाँहरूले जुन राजस्वको अनुमान गर्नुभएको छ, त्यो उठ्ने देखिँदैन र ५ प्रतिशतको आर्थिक वृद्धि पनि अहिलेको परिस्थितिमा सम्भव छैन,’ आङ्बोले भने ।

बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको र सबै क्षेत्रलाई समेट्न खोज्दा बजेट आफैँ अलमलिएको उनले बताए ।

शिक्षा, स्वास्थ्य र कृषिजस्ता जनताका आधारभूत आवश्यकतासँग जोडिएका क्षेत्रलाई बजेटले छुन नसकेको प्रतिपक्षी नेताको आरोप छ । उनले प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार मिचेर बजेट विनियोजन गरेको समेत बताए । ‘विद्युत उत्पादन र प्रसारण लाइनमा बजेट विनियोजन गर्नु प्रदेशको क्षेत्राधिकार भन्दा बाहिरको विषय हो,’ उनले भने ।

पहाडी क्षेत्रबाट भइरहेको तीव्र बसाइँसराइको समस्या समाधानका लागि बजेटमा कुनै ठोस योजना नआएको आङ्बोको भनाइ छ ।

संघीय सरकारको बजेट जस्तै प्रदेशको बजेटले पनि आम नागरिक र विपन्न वर्ग (भुइँमान्छे)का समस्यालाई सम्बोधन गर्न नसकेको आङ्बोले बताए । उनले भने, ‘बजेटले भुइँमान्छेका मुद्दालाई पूर्णतः उपेक्षा गरेको छ, यसले संघीयता र प्रदेश सरकारमाथि उठिरहेका प्रश्नहरूको उत्तर दिन र नयाँ मार्गचित्र कोर्न सकेन ।’

प्रकाशित मिति: सोमबार, ०१ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.