आज प्रदेशकाे बजेट सार्वजनिक हुँदै

Satya Sanchar सत्य सञ्चार

विराटनगर । संवैधानिक प्रावधान अनुसार आज सातवटै प्रदेशले नयाँ आर्थिक वर्ष २०८३–८४ का लागि बजेट सार्वजनिक गर्दैछन् । सात वटै प्रदेशले प्रदेशसभा बैठक मार्फत बजेट सार्वजनिक गर्नेछन् ।

कोशी प्रदेशको बजेट सार्वजनिक गर्नका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बस्दैछ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले बजेट पेश गर्नेछन् ।  आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार यो वर्ष बजेटको आकार बढ्ने छ । मन्त्रालय स्रोतका अनुसार यो वर्षको बजेट ४० अर्ब हाराहारी हुनेछ ।

संघबाट आउने अनुदान साढे १६ अर्ब, राजस्व बाँडफाँटबाट १३ अर्ब र आन्तरिक आम्दानी र संचित कोषमा जम्मा भएको रकमलाई आधार मानेर आकार बढाउन लागिएको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर मध्यवधी समिक्षा मार्फत बजेट अनुमान ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा झारिएको थियो ।

यो वर्ष प्रदेश सांसदहरुले आफ्नो क्षेत्रमा पाउने बजेटको आकार पनि बढेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदका लगि २ करोड ५० लाखका दरले योजना समावेश गरेको छ । सरकारले करिब ५ अर्ब बराबरका नयाँ बहुवर्षीय आयोजना थप पनि गरेको छ ।

प्रकाशित मिति: सोमबार, ०१ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.