आज प्रदेशकाे बजेट सार्वजनिक हुँदै

Satya Sanchar सत्य सञ्चार

विराटनगर । संवैधानिक प्रावधान अनुसार आज सातवटै प्रदेशले नयाँ आर्थिक वर्ष २०८३–८४ का लागि बजेट सार्वजनिक गर्दैछन् । सात वटै प्रदेशले प्रदेशसभा बैठक मार्फत बजेट सार्वजनिक गर्नेछन् ।

कोशी प्रदेशको बजेट सार्वजनिक गर्नका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बस्दैछ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले बजेट पेश गर्नेछन् ।  आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार यो वर्ष बजेटको आकार बढ्ने छ । मन्त्रालय स्रोतका अनुसार यो वर्षको बजेट ४० अर्ब हाराहारी हुनेछ ।

संघबाट आउने अनुदान साढे १६ अर्ब, राजस्व बाँडफाँटबाट १३ अर्ब र आन्तरिक आम्दानी र संचित कोषमा जम्मा भएको रकमलाई आधार मानेर आकार बढाउन लागिएको हो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर मध्यवधी समिक्षा मार्फत बजेट अनुमान ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा झारिएको थियो ।

यो वर्ष प्रदेश सांसदहरुले आफ्नो क्षेत्रमा पाउने बजेटको आकार पनि बढेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदका लगि २ करोड ५० लाखका दरले योजना समावेश गरेको छ । सरकारले करिब ५ अर्ब बराबरका नयाँ बहुवर्षीय आयोजना थप पनि गरेको छ ।

प्रकाशित मिति: सोमबार, ०१ असार, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.