झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्युु

Satya Sanchar सत्य सञ्चार

काँकडभिट्टा । झापामा मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

मेचीनगर नगरपालिका–४ वडा कार्यालय अगाडि घर भएकी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हाे ।

प्रहरीका अनुसार घरबाट बाहिर निस्किने क्रममा जंगली हात्तीले आइतबार बिहानका राति ४ः५५ बजेतिर पौडेललाई आक्रमण गरेको थियो । हात्तीले कुल्चिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट इन्स्पेक्टर वीरेन्द्र कोइराला नेतृत्वको टोली घटनास्थल पुगेको छ । शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रकाशित मिति: आइतबार, ३१ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.