यस वर्षको मनसुन : कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतु (१८ जेठदेखि १४ असोज) मा नेपालका अधिकांश भागमा सरदरभन्दा कम वर्षा हुने र गर्मी बढी हुने प्रक्षेपण गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि वैशाखमा गरिएको प्रक्षेपणलाई निरन्तरता दिँदै यस वर्ष मनसुन अपेक्षाकृत कमजोर रहने देखिएको हो ।

नेपालको वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा ओगट्ने मनसुन कमजोर हुँदा कृषि उत्पादन, जलविद्युत् र खानेपानी आपूर्तिमा नकारात्मक असर पर्न सक्ने चिन्ता बढेको छ।

यो मनसुनमा देशका अधिकांश भागमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ । विशेषगरी कर्णाली, लुम्बिनी, मधेश र कोशी प्रदेशका दक्षिणी क्षेत्रमा ५५ देखि ६५ प्रतिशतसम्म कम वर्षा हुने अनुमान छ। पूर्वी भूभागको तुलनामा पश्चिममा वर्षा अझ कम हुने देखिएको छ ।

मनसुन अवधिभर देशभरको अधिकतम र न्यूनतम दुवै तापक्रम सरदरभन्दा माथि रहने अनुमान छ । यसले गर्दा तातो दिन बढ्ने सम्भावना छ ।

वर्षा कम हुने प्रक्षेपण गरिए पनि विपद्को जोखिम भने टरेको छैन जलवायुविद्हरूका अनुसार छोटो अवधिमा हुने अतिवृष्टिले आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्छ । विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार सुक्खा र खडेरीको संकेत देखिए पनि आकस्मिक वर्षाले गम्भीर विपद् ल्याउन सक्छ । धान खेती वर्षामा निर्भर रहने भएकाले किसानहरूलाई वैकल्पिक सिँचाइ र जल संरक्षणका उपाय अपनाउन सुझाव दिइएको छ ।

प्रकाशित मिति: बिहिबार, २८ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.