यस वर्षको मनसुन : कम वर्षा र बढी गर्मी हुने प्रक्षेपण

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ऋतु (१८ जेठदेखि १४ असोज) मा नेपालका अधिकांश भागमा सरदरभन्दा कम वर्षा हुने र गर्मी बढी हुने प्रक्षेपण गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघि वैशाखमा गरिएको प्रक्षेपणलाई निरन्तरता दिँदै यस वर्ष मनसुन अपेक्षाकृत कमजोर रहने देखिएको हो ।

नेपालको वार्षिक वर्षाको करिब ८० प्रतिशत हिस्सा ओगट्ने मनसुन कमजोर हुँदा कृषि उत्पादन, जलविद्युत् र खानेपानी आपूर्तिमा नकारात्मक असर पर्न सक्ने चिन्ता बढेको छ।

यो मनसुनमा देशका अधिकांश भागमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ । विशेषगरी कर्णाली, लुम्बिनी, मधेश र कोशी प्रदेशका दक्षिणी क्षेत्रमा ५५ देखि ६५ प्रतिशतसम्म कम वर्षा हुने अनुमान छ। पूर्वी भूभागको तुलनामा पश्चिममा वर्षा अझ कम हुने देखिएको छ ।

मनसुन अवधिभर देशभरको अधिकतम र न्यूनतम दुवै तापक्रम सरदरभन्दा माथि रहने अनुमान छ । यसले गर्दा तातो दिन बढ्ने सम्भावना छ ।

वर्षा कम हुने प्रक्षेपण गरिए पनि विपद्को जोखिम भने टरेको छैन जलवायुविद्हरूका अनुसार छोटो अवधिमा हुने अतिवृष्टिले आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्छ । विपद् विज्ञ डा. धर्मराज उप्रेतीका अनुसार सुक्खा र खडेरीको संकेत देखिए पनि आकस्मिक वर्षाले गम्भीर विपद् ल्याउन सक्छ । धान खेती वर्षामा निर्भर रहने भएकाले किसानहरूलाई वैकल्पिक सिँचाइ र जल संरक्षणका उपाय अपनाउन सुझाव दिइएको छ ।

प्रकाशित मिति: बिहिबार, २८ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.