लेटाङमा मोटरसाइकलकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु, ३ जना घाइते

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्थित धोबी चोकमा आइतबार राति मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

आइतबार राति करिब साढे १० बजे लेटाङबाट धोबी चोकतर्फ जाँदै गरेको प्र१–०२–०४१प ५५६२ नम्बरको १२५ सीसीको यामाहा मोटरसाइकलले पैदल हिँडिरहेका दुई जना महिलालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी लेटाङ–२ की ३६ वर्षीया कञ्चन राईको उपचारका क्रममा विराटनगरस्थित आर्या न्युरो अस्पतालमा मृत्यु भएको हाे ।

दुर्घटनामा अर्की पैदलयात्री ३५ वर्षीया सुचन राई घाइते भएकी छिन् । उनको हात र खुट्टामा चोट लागेको र आर्या न्युरो अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ ।

मोटरसाइकल चालक इलाम नगरपालिका–२ घर भई हाल लेटाङ–२ बस्ने २६ वर्षीय सुशील मगर र मोटरसाइकलको पछाडि सवार २५ वर्षीय मौसम मल्ल ठकुरी पनि घाइते भएका थिए । उनीहरूको लेटाङस्थित राजारानी मेडिकलमा प्राथमिक उपचार गरिएको थियो । सामान्य चोटपटक लागेका उनीहरू दुवै जना उपचार पश्चात् डिस्चार्ज भई हाल इलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: मङ्गलबार, २६ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.