लेटाङमा मोटरसाइकलकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु, ३ जना घाइते

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२ स्थित धोबी चोकमा आइतबार राति मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

आइतबार राति करिब साढे १० बजे लेटाङबाट धोबी चोकतर्फ जाँदै गरेको प्र१–०२–०४१प ५५६२ नम्बरको १२५ सीसीको यामाहा मोटरसाइकलले पैदल हिँडिरहेका दुई जना महिलालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएकी लेटाङ–२ की ३६ वर्षीया कञ्चन राईको उपचारका क्रममा विराटनगरस्थित आर्या न्युरो अस्पतालमा मृत्यु भएको हाे ।

दुर्घटनामा अर्की पैदलयात्री ३५ वर्षीया सुचन राई घाइते भएकी छिन् । उनको हात र खुट्टामा चोट लागेको र आर्या न्युरो अस्पतालमै उपचार भइरहेको छ । उनको अवस्था सामान्य छ ।

मोटरसाइकल चालक इलाम नगरपालिका–२ घर भई हाल लेटाङ–२ बस्ने २६ वर्षीय सुशील मगर र मोटरसाइकलको पछाडि सवार २५ वर्षीय मौसम मल्ल ठकुरी पनि घाइते भएका थिए । उनीहरूको लेटाङस्थित राजारानी मेडिकलमा प्राथमिक उपचार गरिएको थियो । सामान्य चोटपटक लागेका उनीहरू दुवै जना उपचार पश्चात् डिस्चार्ज भई हाल इलाका प्रहरी कार्यालय लेटाङको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति: मङ्गलबार, २६ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.