रास्वपा मोरङ सभापतिमा कँडेल निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको प्रथम अधिवेशनबाट जिल्ला सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् । उनी संस्थापक जिल्ला सभापति हुन् ।

शनिबार भएको पहिलो जिल्ला अधिवेशनमा मतदान हुँदा कँडेल २०४ मतसहित विजयी भएका हुन् । सभापतिको उम्मेदवार कोषराज खनालले ९९, सागर फुयालले ४१ मत प्राप्त गरे । नयाँ कार्यसमितिको उपसभापतिमा विमला बस्नेत निर्विरोध निर्वाचित भइन् ।

सचिवमा दिवस नेपाल  विजयी भएका छन् । ९५ प्राप्त गर्दै नेपाल सचिवमा विजयी हुँदा सचिवका उम्मेदवार कुमार खुलालले ८५ र इन्जिनियर सुरेश श्रेष्ठले ८१ मत प्राप्त गरे  ।

सहसचिवमा सिर्जना गिरी आचार्य निर्वाचित भएकी छन् । उनले २३० मत प्राप्त गर्दा अर्का उम्मेदवार सन्तोष सिंहले ११३ मत प्राप्त गरेका थिए ।

जिल्ला समिति सदस्यमा भावना बस्नेत श्रेष्ठ, ओमकुमार श्रेष्ठ र लक्ष्मी श्रेष्ठ, परमेश्वर शाह निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनमा जिल्लाभरबाट ५३१ जना प्रतिनिधि सहभागी भएका थिए । निर्वाचनमा ४८६ मत खसेको थियो ।

प्रकाशित मिति: आइतबार, २४ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.