रास्वपा मोरङ सभापतिमा कँडेल निर्वाचित

Satya Sanchar सत्य सञ्चार

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको प्रथम अधिवेशनबाट जिल्ला सभापतिमा भरत कँडेल निर्वाचित भएका छन् । उनी संस्थापक जिल्ला सभापति हुन् ।

शनिबार भएको पहिलो जिल्ला अधिवेशनमा मतदान हुँदा कँडेल २०४ मतसहित विजयी भएका हुन् । सभापतिको उम्मेदवार कोषराज खनालले ९९, सागर फुयालले ४१ मत प्राप्त गरे । नयाँ कार्यसमितिको उपसभापतिमा विमला बस्नेत निर्विरोध निर्वाचित भइन् ।

सचिवमा दिवस नेपाल  विजयी भएका छन् । ९५ प्राप्त गर्दै नेपाल सचिवमा विजयी हुँदा सचिवका उम्मेदवार कुमार खुलालले ८५ र इन्जिनियर सुरेश श्रेष्ठले ८१ मत प्राप्त गरे  ।

सहसचिवमा सिर्जना गिरी आचार्य निर्वाचित भएकी छन् । उनले २३० मत प्राप्त गर्दा अर्का उम्मेदवार सन्तोष सिंहले ११३ मत प्राप्त गरेका थिए ।

जिल्ला समिति सदस्यमा भावना बस्नेत श्रेष्ठ, ओमकुमार श्रेष्ठ र लक्ष्मी श्रेष्ठ, परमेश्वर शाह निर्वाचित भएका छन् । शनिबार भएको जिल्ला अधिवेशनमा जिल्लाभरबाट ५३१ जना प्रतिनिधि सहभागी भएका थिए । निर्वाचनमा ४८६ मत खसेको थियो ।

प्रकाशित मिति: आइतबार, २४ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.