प्रधानमन्त्रीलाई म्यासेज पठाउँदा सचिवसँग प्रहरीको केरकार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज गरेपछि उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव डा. कृष्णहरि पुष्करलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले बिहीबार केहीबेर नियन्त्रणमा लिएर सोधपुछ गरेको खुलेको छ ।

प्रधानमन्त्री शाहलाई पठाइएको म्यासेजका विषयमा प्रहरीले उनीमाथि केरकार गरेको प्रहरी उच्च स्रोतले जनायो । स्रोतका अनुसार पुष्करले प्रधानमन्त्रीलाई सिधै व्यक्तिगत म्यासेज पठाएका थिए । उक्त म्यासेजमा उनले आफ्नो आगामी अवकाशपछि राजनीतिक वा संवैधानिक नियुक्ति प्राप्त गर्ने अपेक्षा व्यक्त गरेको बताइएको छ ।

प्रहरी स्रोतले औपचारिक रूपमा कुनै कसुर पुष्टि नभएको बताए पनि प्रारम्भिक जानकारी संकलनका लागि उनलाई केही समय नियन्त्रणमा राखेर सोधपुछ गरिएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोधपुछपछि कुनै मुद्दा चलाउने आधार नदेखिएपछि उनलाई बिहीबार राति नै प्रहरीले छाडिदिएको छ । ‘सामान्य जानकारी लिन बोलाइएको थियो । थप कानुनी प्रक्रिया आवश्यक देखिएन,’ स्रोतले भन्यो ।

सचिव पुष्कर असार २४ गते अवकाशमा जाँदैछन् । अवकाश नजिकिँदै गर्दा उनले संवैधानिक निकाय वा अन्य आकर्षक सरकारी पदमा नियुक्ति पाउने सम्भावना खोजिरहेको चर्चा प्रशासनिक वृत्तमा पहिले देखि नै चल्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, २२ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.