प्रधानमन्त्रीलाई म्यासेज पठाउँदा सचिवसँग प्रहरीको केरकार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज गरेपछि उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव डा. कृष्णहरि पुष्करलाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले बिहीबार केहीबेर नियन्त्रणमा लिएर सोधपुछ गरेको खुलेको छ ।

प्रधानमन्त्री शाहलाई पठाइएको म्यासेजका विषयमा प्रहरीले उनीमाथि केरकार गरेको प्रहरी उच्च स्रोतले जनायो । स्रोतका अनुसार पुष्करले प्रधानमन्त्रीलाई सिधै व्यक्तिगत म्यासेज पठाएका थिए । उक्त म्यासेजमा उनले आफ्नो आगामी अवकाशपछि राजनीतिक वा संवैधानिक नियुक्ति प्राप्त गर्ने अपेक्षा व्यक्त गरेको बताइएको छ ।

प्रहरी स्रोतले औपचारिक रूपमा कुनै कसुर पुष्टि नभएको बताए पनि प्रारम्भिक जानकारी संकलनका लागि उनलाई केही समय नियन्त्रणमा राखेर सोधपुछ गरिएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोधपुछपछि कुनै मुद्दा चलाउने आधार नदेखिएपछि उनलाई बिहीबार राति नै प्रहरीले छाडिदिएको छ । ‘सामान्य जानकारी लिन बोलाइएको थियो । थप कानुनी प्रक्रिया आवश्यक देखिएन,’ स्रोतले भन्यो ।

सचिव पुष्कर असार २४ गते अवकाशमा जाँदैछन् । अवकाश नजिकिँदै गर्दा उनले संवैधानिक निकाय वा अन्य आकर्षक सरकारी पदमा नियुक्ति पाउने सम्भावना खोजिरहेको चर्चा प्रशासनिक वृत्तमा पहिले देखि नै चल्दै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, २२ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.