निजीमा स्वास्थ्य बीमा रोकिएपछि कोशी अस्पतालमा बढ्याे भिड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरकाे चर्काे गर्मीकाबीच विराटनगरस्थित कोशी अस्पतालमा बिरामीको थामिनसक्नु भिड छ । स्वास्थ्य बीमा बोर्डले जेठ १६ गतेदेखि निजी अस्पतालहरूमा आकस्मिक बाहेकका बीमा सेवा बन्द गरेपछि काेशी अस्पतालमा भिड बढेकाे हाे ।

निजी अस्पतालले बीमा सेवा दिन छोडेपछि कोशी प्रदेशकै ठुलो सरकारी अस्पताल ‘कोशी अस्पताल’मा बिरामीको चाप बढेकाे हाे । पहिले दैनिक १ हजारसम्म बिरामी आउने काेशीमा हिजाेआज दैनिक २ हजारभन्दा बढी विरामी पुग्ने गरेका छन् ।

अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रामनारायण चौधरीका अनुसार विरामीकाे चाप बढ्दा सेवा प्रवाहमा समस्या छ । सीमित जनशक्ति र पूर्वाधारका कारण सेवा प्रवाहमा समस्या भइरहेकाे उनकाे भनाई छ ।

कोशी प्रदेशमा कुल जनसंख्याको ५२ प्रतिशत नागरिक बीमामा आबद्ध छन् । यसअघि ११३ वटा स्वास्थ्य संस्थाबाट सेवा पाइरहेका उनीहरू अहिले ३ ठुला मेडिकल कलेजसहित २१ वटा निजी अस्पतालबाट सेवा नपाउँदा समस्यामा छन् ।

विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्की राज्यको अदूरदर्शिताका कारण समस्या देखिएकाे बताउँछन् । ‘सरकारी अस्पतालमा न पर्याप्त जनशक्ति छ, न आधुनिक प्रविधि । यस्तो अवस्थामा निजीलाई बाइपास गरेर बिरामीलाई सरकारीमै जाऊ भन्नु नागरिकको स्वास्थ्य अधिकारमाथिको गम्भीर खेलवाड हो’ उनले भने ।

प्रकाशित मिति: बुधबार, २० जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.