निजीमा स्वास्थ्य बीमा रोकिएपछि कोशी अस्पतालमा बढ्याे भिड

Satya Sanchar सत्य सञ्चार

विराटनगर । विराटनगरकाे चर्काे गर्मीकाबीच विराटनगरस्थित कोशी अस्पतालमा बिरामीको थामिनसक्नु भिड छ । स्वास्थ्य बीमा बोर्डले जेठ १६ गतेदेखि निजी अस्पतालहरूमा आकस्मिक बाहेकका बीमा सेवा बन्द गरेपछि काेशी अस्पतालमा भिड बढेकाे हाे ।

निजी अस्पतालले बीमा सेवा दिन छोडेपछि कोशी प्रदेशकै ठुलो सरकारी अस्पताल ‘कोशी अस्पताल’मा बिरामीको चाप बढेकाे हाे । पहिले दैनिक १ हजारसम्म बिरामी आउने काेशीमा हिजाेआज दैनिक २ हजारभन्दा बढी विरामी पुग्ने गरेका छन् ।

अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. रामनारायण चौधरीका अनुसार विरामीकाे चाप बढ्दा सेवा प्रवाहमा समस्या छ । सीमित जनशक्ति र पूर्वाधारका कारण सेवा प्रवाहमा समस्या भइरहेकाे उनकाे भनाई छ ।

कोशी प्रदेशमा कुल जनसंख्याको ५२ प्रतिशत नागरिक बीमामा आबद्ध छन् । यसअघि ११३ वटा स्वास्थ्य संस्थाबाट सेवा पाइरहेका उनीहरू अहिले ३ ठुला मेडिकल कलेजसहित २१ वटा निजी अस्पतालबाट सेवा नपाउँदा समस्यामा छन् ।

विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्की राज्यको अदूरदर्शिताका कारण समस्या देखिएकाे बताउँछन् । ‘सरकारी अस्पतालमा न पर्याप्त जनशक्ति छ, न आधुनिक प्रविधि । यस्तो अवस्थामा निजीलाई बाइपास गरेर बिरामीलाई सरकारीमै जाऊ भन्नु नागरिकको स्वास्थ्य अधिकारमाथिको गम्भीर खेलवाड हो’ उनले भने ।

प्रकाशित मिति: बुधबार, २० जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.