प्रधानमन्त्रीको अभिव्यक्तिले तातियो राजनीति : विपक्षीकाे विराेध, रास्वपा माैन

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले संसदमा दिएको सीमा सम्बन्धि विवादास्पद अभिव्यक्तिका कारण सडक र सदन तातिएकाे छ । विपक्षी दलले संसद अवरुद्ध गरेका छन् । विद्यार्थी र युवाले सडकमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका छन् ।

आइतबार प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्रीले ‘भारतले मात्र होइन,नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ’ भनेका थिए । याे अभिव्यक्तिका कारण अहिले सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि दबाब बढेको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ र ‘कूटनीतिक मर्यादा विपरीत’ भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले घोर भर्त्सना गरेका छन् ।

नेपाली कांग्रेसले प्रधानमन्त्रीले राष्ट्रहित विपरीत बोलेको भन्दै संसदमा प्रस्टीकरण दिन माग गरेकाे छ । प्रधानमन्त्रीकाे अभिव्यक्ति संसदकाे रेकर्डबाट हटाउनु पर्ने कांग्रेसकाे माग छ ।

नेकपा एमालेले ऐतिहासिक तथ्य र प्रमाणविपरीत बोलेको भन्दै प्रधानमन्त्रीले देश र जनतासँग माफी माग्नुपर्ने अडान राखेको छ ।

नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाले पनि राष्ट्रियताको विषयमा कार्यपालिका प्रमुखबाटै गैरजिम्मेवार अभिव्यक्ति आउनु दुःखद् भएको बताउँदै सार्वजनिक रुपमा माफी माग्न आग्रह गरेकाे छ ।

विपक्षीले लगातार संसद अवरोध गर्दा आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफल प्रभावित भएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिबारे सत्तारुढ रास्वपाले भने औपचारिक रुपमा बाेलेकाे छैन । रास्वपा नेताहरूले परराष्ट्र मन्त्रालयले जारी गरेको स्पष्टीकरण नै पार्टीको धारणा भएको बताएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिले कूटनीतिक तरंग पैदा गरिरहेकै बेला रास्वपा सभापति रवि लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका छन् । भारत जाने क्रममा उनलाई पत्रकारले प्रश्न गर्दा फर्किएर बाेल्ने भन्दै उनले जवाफ दिएनन् ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा दिल्ली पुगेका लामिछानेले त्यहाँका उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ ।

पछिल्लो राजनीतिक घटनाक्रम र छिमेकीसँगको सम्बन्ध चिसिएको बेला उनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति: सोमबार, १८ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.