प्रधानमन्त्रीकाे अभिव्यक्तिप्रति एमालेकाे आपत्ति

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा दिएकाे अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिनुलाई राष्ट्रहित विपरीत भएकाे एमालेले जनाएकाे छ ।

‘देशको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको छ,’ महाचिव शंकर पोखरेलले जारी गरेको बक्तव्यमा भनिएको छ, ‘यस प्रकारको राष्ट्रहीत प्रतिकूल अभिव्यक्तिको हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ ।’

प्रधानमन्त्रीले सीमा विवादबारे तेस्रो पक्षलाई जोडेकोमा पनि एमालेले आपत्ति जनाएको छ । ‘समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग जोड्नु पूर्णतः असान्दर्भिक र कूटनीतिक अपरिपक्वता हो,’ एमालेले भनेको छ ।

प्रकाशित मिति: सोमबार, १८ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.