प्रधानमन्त्रीकाे अभिव्यक्तिप्रति एमालेकाे आपत्ति

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा दिएकाे अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । प्रतिनिधिसभा बैठकमा सांसदहरुलाई जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जग्गा मिचेको’ भन्ने अभिव्यक्ति दिनुलाई राष्ट्रहित विपरीत भएकाे एमालेले जनाएकाे छ ।

‘देशको स्थापित अडान, द्विपक्षीय अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक दाबी र राष्ट्रिय एकतालाई गम्भीर रूपमा कमजोर बनाउने काम गरेको छ,’ महाचिव शंकर पोखरेलले जारी गरेको बक्तव्यमा भनिएको छ, ‘यस प्रकारको राष्ट्रहीत प्रतिकूल अभिव्यक्तिको हाम्रो पार्टी घोर निन्दा र भर्त्सना गर्दछ ।’

प्रधानमन्त्रीले सीमा विवादबारे तेस्रो पक्षलाई जोडेकोमा पनि एमालेले आपत्ति जनाएको छ । ‘समस्या समाधानका लागि स्थापित कूटनीतिक संयन्त्रलाई छाडेर ब्रिटिस इन्डिया वा बेलायतको प्रसंग जोड्नु पूर्णतः असान्दर्भिक र कूटनीतिक अपरिपक्वता हो,’ एमालेले भनेको छ ।

प्रकाशित मिति: सोमबार, १८ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.