सीमा विवाद बारे प्रधानमन्त्रीकाे अभिव्यक्ति फिर्ता लिनुपर्ने विपक्षीकाे अडान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालले पनि भारतकाे सीमा मिचेकाे छ भन्ने प्रधानमन्त्री बालेन शाहले अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू एकजुट भएका छन् । साेमबार बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने निष्कर्ष विपक्षीले निकालेका हुन् ।

नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले माफी माग्नु पर्ने निष्कर्षमा प्रतिपक्षी दलहरू पुगेकाे बताए । बैठकले प्रधानमन्त्रीले सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेको पनि उनले बताए ।

प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले संसद्‌बाटै माफी माग्नुपर्ने माग पनि राखेका छन् ।

प्रकाशित मिति: सोमबार, १८ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.