विराटनगरमा विद्युत सेवा अवरुद्ध

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीकाे दुहबी ग्रिडदेखि टंकी सबस्टेशनसम्म आएको ३३ केभी प्रसारण लाइनमा प्राविधिक समस्या देखिएपछि विद्युत् सेवा अवरुद्ध भएकाे छ । विराटनगर र बूढीगंगालगायत क्षेत्रमा विद्युत अवरुद्ध बनेको हो ।

प्रसारण लाइनमा समस्या आएपछि विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका धेरै क्षेत्रमा सोमबार बिहान साढे ४ बजेदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हाे ।

विद्युत् प्राधिकरणका अनुसार प्राविधिक टोलीले समस्या पहिचान तथा समाधानका लागि लाइन पेट्रोलिङको काम तीव्र रूपमा अघि बढाइरहेको छ ।

प्रसारण लाइनमा आएको समस्याका कारण टंकी सबस्टेशन अन्तर्गतका सबै फिडर प्रभावित भएका छन् ।

प्राधिकरणले समस्या समाधान हुनासाथ विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, १८ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.