विराटनगरमा विद्युत सेवा अवरुद्ध

Satya Sanchar सत्य सञ्चार

विराटनगर । सुनसरीकाे दुहबी ग्रिडदेखि टंकी सबस्टेशनसम्म आएको ३३ केभी प्रसारण लाइनमा प्राविधिक समस्या देखिएपछि विद्युत् सेवा अवरुद्ध भएकाे छ । विराटनगर र बूढीगंगालगायत क्षेत्रमा विद्युत अवरुद्ध बनेको हो ।

प्रसारण लाइनमा समस्या आएपछि विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका धेरै क्षेत्रमा सोमबार बिहान साढे ४ बजेदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हाे ।

विद्युत् प्राधिकरणका अनुसार प्राविधिक टोलीले समस्या पहिचान तथा समाधानका लागि लाइन पेट्रोलिङको काम तीव्र रूपमा अघि बढाइरहेको छ ।

प्रसारण लाइनमा आएको समस्याका कारण टंकी सबस्टेशन अन्तर्गतका सबै फिडर प्रभावित भएका छन् ।

प्राधिकरणले समस्या समाधान हुनासाथ विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, १८ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.