आशिका तामाङलाई रास्वपा सांसद्ले संसदबाट बाहिर निकाले

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । प्रतिनिधिसभा सदस्य आशिका तामाङलाई उनकै पार्टीका सांसदहरुले प्रतिनिधिसभा बैठक कक्ष बाहिर लगेका छन् । बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएपछि रास्वपा सांसद तामाङलाई उनकै सांसदले बाहिर लिएर गएका हुन् ।

प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदले नियमापत्तीको विषय उठाइरहेका बेला आशिका तामाङ आक्रोशित भएकी थिइन् ।

उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि रास्वपाकै सांसद रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठलगायतले रोकेका थिए । तर आशिका शान्त नभएपछि रन्जु दर्शना र ज्वाला संग्रौलाले उनलाई बाहिर लगेका हुन् ।

प्रधानमन्त्री बालेन शाहले आकस्मिक समय लिएर सांसदहरूको जवाफ दिन बैठकमा उपस्थिति भएपछि विपक्षीहरूले प्रक्रियाबारे प्रश्न उठाएका थिए । तर सभामुख डीपी अर्यालले आपत्ति जनाउने सांसदहरूलाई समय नदिएपछि बैठकमा चर्काचर्कीसमेत चलेको थियो ।

 

प्रकाशित मिति: आइतबार, १७ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.