काठमाडौं । नेपाल र भारतको सीमा विवादका विषयमा कूटनीतिक छलफलबाट समाधान गर्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि कोसिस भइरहेको बताएका हुन् ।
उनले नेपाले पनि भारतको जग्गा मिचेको आफूले पाएको दाबी गरे । ‘ म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ,’ प्रधानमन्त्री शाहले भने, ‘यो विषयमा दुईपक्ष बसेर हेर्नुपर्नेछ ।’
उनले लिपुलेक, लिम्पियाधुरा मिचेको विषयमा नेपालले पठाएको पत्रमा भारत सरकारले जवाफ पनि दिएको उनले जानकारी दिए । ‘भूमि सम्बन्धी टेबल टक गर्ने कुरा भएको छ’ उनले भने,’ यो बारेमा इंग्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौं । यसबारेमा टेबल टक गर्नुपर्छ ।’
प्रधानमन्त्री शाहले नेपालको विवादित भूभागबारे भारत र चीनका साथै इंग्ल्याण्डसँग पनि कुरा गरेको दाबी गरे । ‘भारत र चीनमात्रै नभइ इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं,’ प्रधानमन्त्री शाहले भने, ‘उहाँहरू ब्रिटिश इन्डिया छाड्दैगर्दाको समस्या अहिलेसम्म भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,988)
जीवन विकासले बोलायो साधारणसभा (1,966)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,926)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,890)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,809)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,711)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,164)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,149)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (878)