आजदेखि चार दिन लगातार सार्वजनिक बिदा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आजदेखि चार दिन लगातार सार्वजनिक बिदा परेकाे छ । पर्व, दिवस तथा साप्ताहिक बिदा एकैसाथ परेपछि सरकारी तथा सार्वजनिक सेवाहरू सोमबार मात्रै सञ्चालनमा आउने भएका छन् ।

सरकारले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इदको अवसरमा आज जेठ १४ गते बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । शुक्रबार जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नियमित सार्वजनिक बिदा हुनेछ ।

त्यसपछि शनिबार र आइतबार साप्ताहिक बिदा परेकाले लगातार चार दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक सेवा बन्द रहनेछन् ।

अब सरकारी तथा सार्वजनिक सेवाहरू आगामी सोमबार जेठ १८ गतेदेखि मात्रै पुनः सञ्चालनमा आउनेछन् ।

 

प्रकाशित मिति: बिहिबार, १४ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.