प्याराग्लाइडिङको नयाँ गन्तव्य बन्याे उदयपुरको बोप्ताङ डाँडा

Satya Sanchar सत्य सञ्चार

उदयपुर । उदयपुरकाे बेलका नगरपालिका–८ मा रहेकाे बोप्ताङ डाँडा प्याराग्लाइडिङको नयाँ सिकाइ केन्द्रका रूपमा उदाएको छ । ‘फ्लाइङ अन्डर प्याराग्लाइडिङ स्कुल’ले व्यावसायिक प्रशिक्षण दिन थालेपछि साहसिक खेलप्रेमी पुग्न थालेका हुन् ।

सप्तकोशी नदी, हरियाली चुरे क्षेत्र र आसपासका पर्यटकीय स्थलको मनोरम दृश्य अवलोकन गर्दै उडान गर्न सकिने याे स्थानमा स्वदेशी मात्र नभई विदेशी प्रशिक्षार्थीसमेत आउने गरेका छन् ।

स्कुलका सञ्चालक एवं प्रशिक्षक सुरेन गुरुङका अनुसार स्थापनाको तीन वर्षमा १५० भन्दा बढीले तालिम लिइसकेका छन् । तालिम लिनेहरुमा भारत, चीन, स्पेन, फ्रान्स र जर्मनीका करिब ६० जना विदेशी नागरिक छन् ।

१५ दिने आधारभूत तालिमका लागि नेपाली प्रशिक्षार्थीलाई आवास र बीमासहित १ लाख ८० हजार रुपैयाँ शुल्क ताेकिएकाे छ । विदेशीलाई १५ सय अमेरिकी डलर शुल्क ताेकिएकाे छ ।

व्यावसायिक रूपमा पर्यटकलाई उडाउने ‘ट्यान्डम फ्लाइट’ सुरु गर्न भने सरकारी अनुमतिको आएकाे छैन ।
उदयपुरका चौदण्डीगढी, रौतापोखरी र उदयपुरगढी क्षेत्रमा गरिएका परीक्षण उडानहरू सफल भइसकेका छन् । हाल जिल्लामा २ महिलासहित १८ जना सोलो पाइलट सक्रिय छन् ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ उदयपुरका अध्यक्ष ईश्वरमान राईले  वन क्षेत्र व्यवस्थापन र सरकारी अनुमति प्रक्रिया सहज नहुँदा पूर्वाधार विकासमा अन्योल भएकाे बताए ।

प्रकाशित मिति: बिहिबार, १४ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.