विराटनगर । प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर बुधबारको कोशी प्रदेशसभा बैठक तनावपूर्ण बनेको छ । मंगलबार सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम ‘सर्वसम्मति’ले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले बुधबारकाे प्रदेशसभा बैठक अवरुद्ध गरे । मंगलबार पनि अवरुद्ध गरेका थिए ।
बुधबार बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले संसदीय परम्परा मिचिएको भन्दै ‘सर्वसम्मत’ नभई ‘बहुमत’का आधारमा पारित भएको रेकर्ड हुनुपर्ने माग गरेका थिए । सभामुखले उक्त विषय रेकर्डमा रहने जानकारी दिँदै बैठक अघि बढाउन खोजे पनि प्रतिपक्षी सांसदहरूले अवरोध जारी राखे ।
सभामुखले प्रतिपक्षीको विरोधका बीच जसपा सांसद निर्मला तावा लिम्बुलाई बोल्ने समय दिएपछि नेकपा सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई आक्रोशित भए । उनी जबरजस्ती रोष्टममा पुगेर माइक फाल्न खोज्दा मर्यादापालकहरूले रोकेका थिए ।
सभामुख विष्टले छलफलका क्रममा कसैले पनि संशोधन प्रस्ताव नराखेको र ‘हुन्न’ भन्ने आवाज नआएकाले नियमावली अनुसार नै सर्वसम्मति मानिएको दाबी गरे । प्रतिपक्षीको लगातारको अवराेध र रोष्टम घेराउका कारण बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । प्रतिपक्षी दलहरूले आफ्नो माग सम्बोधन नभएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,778)
जीवन विकासले बोलायो साधारणसभा (1,746)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,703)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,663)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,613)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,501)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (960)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (922)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (774)