कोशी प्रदेशसभामा तनाव : पूर्वमुख्यमन्त्री राजेन्द्र राई जवरजस्ती पुगे रोष्टम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर बुधबारको कोशी प्रदेशसभा बैठक तनावपूर्ण बनेको छ । मंगलबार सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम ‘सर्वसम्मति’ले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले बुधबारकाे प्रदेशसभा बैठक अवरुद्ध गरे । मंगलबार पनि अवरुद्ध गरेका थिए ।

बुधबार बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका नेता इन्द्रबहादुर आङ्बोले संसदीय परम्परा मिचिएको भन्दै ‘सर्वसम्मत’ नभई ‘बहुमत’का आधारमा पारित भएको रेकर्ड हुनुपर्ने माग गरेका थिए । सभामुखले उक्त विषय रेकर्डमा रहने जानकारी दिँदै बैठक अघि बढाउन खोजे पनि प्रतिपक्षी सांसदहरूले अवरोध जारी राखे ।

सभामुखले प्रतिपक्षीको विरोधका बीच जसपा सांसद निर्मला तावा लिम्बुलाई बोल्ने समय दिएपछि नेकपा सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई आक्रोशित भए । उनी जबरजस्ती रोष्टममा पुगेर माइक फाल्न खोज्दा मर्यादापालकहरूले रोकेका थिए ।

सभामुख विष्टले छलफलका क्रममा कसैले पनि संशोधन प्रस्ताव नराखेको र ‘हुन्न’ भन्ने आवाज नआएकाले नियमावली अनुसार नै सर्वसम्मति मानिएको दाबी गरे । प्रतिपक्षीको लगातारको अवराेध र रोष्टम घेराउका कारण बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । प्रतिपक्षी दलहरूले आफ्नो माग सम्बोधन नभएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।

प्रकाशित मिति: बुधबार, १३ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.