विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमा उत्पादन वृद्धि, रोजगारी सिर्जना र पर्यटन प्रवर्धनलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा शनिबार विराटनगरमा आयोजित ‘आर्थिक वर्ष २०८३– ८४ को बजेट तर्जुमा सम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्तो बताएका हुन् ।
छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले कृषिको आधुनिकीकरण, पर्यटन र बसाई–सराई न्यूनीकरणका लागि ठोस कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
मुख्यमन्त्री कार्कीले आगामी बजेटले विशेष गरी स्थानीय उत्पादनको प्रवर्धन, गरिबी निवारण र पर्यटकीय पूर्वाधार विकासमा जोड दिने स्पष्ट पारे ।
मुख्यमन्त्री कार्कीले प्रदेशका १३७ वटा स्थानीय तहसँगको साझेदारीमा ‘एक पालिका, एक कृषि उत्पादन’ कार्यक्रम सञ्चालन गरिने बताए । ‘स्थानीय विशेषताका आधारमा उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गर्ने र रैथाने उद्योगहरूलाई प्रोत्साहन गर्ने नीति सरकारले अघि सार्नेछ,’ उनले भने ।
प्रदेशभित्रका घरेलु उद्योगलाई प्रोत्साहन गर्न सरकारले नयाँ योजना ल्याएको छ । मुख्यमन्त्री कार्कीका अनुसार प्रदेशका चार हजार कर्मचारीलाई वार्षिक पोशाक भत्तामा थप ५ हजार ५ सय रुपैयाँ उपलब्ध गराइनेछ । उक्त भत्ता बापत कर्मचारीले हप्ताको एक दिन अनिवार्य रूपमा स्थानीय उत्पादन र स्वदेशी पहिरन लगाउनुपर्ने व्यवस्था जेठ महिनादेखि कार्यान्वयनमा ल्याइएको उनले बताए । यसबाट करिब दुई सय घरेलु उद्योगलाई प्रत्यक्ष राहत पुग्ने सरकारको विश्वास छ ।
पर्यटन क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षलाई ‘भिजिट कोशी’ वर्षका रूपमा घोषणा गर्ने सरकारले विदेशमा रहेका नेपालीहरूलाई प्रदेशका पर्यटकीय स्थलहरूको भ्रमणका लागि निमन्त्रणा गर्नेछ । प्रदेशका २९ वटा पालिकालाई जोड्ने गरी चारवटा प्रमुख पदमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यसले ग्रामीण अर्थतन्त्र र रोजगारीमा ठूलो टेवा पुग्नेछ ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले प्रदेश सरकारको ‘उदय परियोजना’ मार्फत साना तथा मझौला उद्योगको विकास र ब्याज अनुदानमार्फत कृषिको आधुनिकीकरणमा सहयोग पुग्ने बताए ।
भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनवारले पहाडी तथा हिमाली क्षेत्रबाट भइरहेको तीव्र बसाई–सराई रोक्न प्रभावकारी योजना ल्याउने बताए । प्रदेश सांसदहरूलाई ‘एक जिल्ला, एक साझा योजना’को अवधारणामा अघि बढ्न आग्रह गरे ।
प्रदेशका मुख्य सचिव राजेन्द्रकुमार पौडेलले आगामी बजेट आयआर्जन, रोजगारी, स्वास्थ्य र शिक्षामा सबैको पहुँच पुग्ने गरी आउने बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,437)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)