विराटनगर । चार दिनदेखि बेपत्ता मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारकी ४३ वर्षीया सविता कान्दाङ्वा लिम्बूको शव बक्राहा खोला किनारमा सडेको अवस्थामा फेला परेको छ । सविता मृत अवस्थामा फेला परेपछि प्रहरीले उनका पति दिलबहादुर लिम्बूलाई नियन्त्रणमा लिएको छ ।
सविता शनिबार बिहान ९ बजे घरबाट निस्किएकी थिइन् । उनी घरबाट निस्कनुअघि परिवारमा सामान्य विवाद भएको भनिएको छ । त्यसयताका ४ दिनसम्म उनी सम्पर्कविहीन थिइन् । त्यसपछि परिवारले प्रहरीलाई खबर नै नगरेको बताइएको छ ।
मंगलबार बिहान शव फेला परेपछि प्रहरीले पति दिलबहादुरमाथि आशंका गरेर अनुसन्धान थालेको जनाएको छ । दिलबहादुरले प्रहरीसँगको बयानमा सामान्य भनाभन भएपछि हिँडेका कारण आफैले खोजिरहेको बताएका छन् ।
प्रहरीका अनुसार आज बिहान राँगा चराउन गएका स्थानीयले बक्राहा खोला किनारको काँसघारीमा शव देखेका थिए । घोप्टो परेको अवस्थामा देखिएको शव कपडाका आधारमा सविताकै रहेको पहिचान खुलेको थियो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठले शरीर पूरै सुन्निएको र सडिसकेकाले पोस्टमार्टम रिपोर्टले मात्रै घटनाको वास्तविकता खुल्ने बताए । शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा पठाइएको छ । सविताका माइती पक्षले पति दिलबहादुर र परिवारका सदस्यमाथि अनुसन्धान गर्न माग गरेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)