विराटनगरमा लागुऔषध विरुद्धको महाअभियान सुरु

Satya Sanchar सत्य सञ्चार

विराटनगर ।  जिल्ला प्रहरी कार्यालय मोरङले ‘लागुऔषध विरुद्धको महाअभियान सुरू गरेको छ । लागुऔषध मुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ विराटनगरबाट अभियान सुरू गरेको हो ।

आइतबार पहिलो चरणमा प्रभातफेरी निकालिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी निकाय, विद्यार्थी र नागरिक समाजको सहभागिता रहेको उक्त र्‍याली विभिन्न चोक परिक्रमा गर्दै रंगशालामा पुगेर सम्पन्न भएको थियो ।

दोस्रो चरणको कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुऔषध नियन्त्रणका लागि सरकार, प्रहरी,अभिभावक र युवा सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । अभियानमा प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सुरक्षित समाजका लागि मोरङले सुरु गरेकाे लागुऔषध मुक्त बनाउने अभियान देशभर फैलने बताए । लागुऔषधको जालो तोड्न परिवार र समुदायको उत्तिकै जिम्मेवारी उनको भनाई छ ।

कार्यक्रममा लागूऔषधको असरबारे नाटक, सांगीतिक प्रस्तुति र पूर्वप्रयोगकर्ताको अनुभव समेटिएको वृत्तचित्र प्रदर्शन गरिएको थियो। कार्यक्रमबाट ९ बुँदे प्रतिवद्धता पत्र पनि जारी भएको छ ।

प्रकाशित मिति: आइतबार, १० जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.