पाँचथरको याङ्वरकमा बाढी-पहिरोको वितण्डा,मध्यपहाडी लाेकमार्ग अवरुद्ध

Satya Sanchar सत्य सञ्चार

पाँचथर । अविरल वर्षासँगै आएको बाढी र पहिरोले पाँचथरको याङ्वरक गाउँपालिकामा ठूलो धनजनको क्षति पुर्‍याएको छ । बाढीले दुईवटा घर पूर्ण रूपमा बगाएको छ भने आधा दर्जनभन्दा बढी पुल र सडक पूर्वाधारमा क्षति पुगेको छ ।

याङ्वरक-१ निवासी महमलाल खवासको बसोबास गर्ने घर र गोठ बाढीले बगाएको छ । सोही स्थानका कविराज राईको घर पनि बाढीले बगाएको छ भने बलबहादुर खालिङको भान्साघर पहिरोले पुरेको छ । ओयाम बजार क्षेत्रमा पनि पहिरो खसेकाले थप जोखिम बढेको छ ।

यातायात अवरुद्ध

बाढीले निर्माणाधीन र सञ्चालनमा रहेका धेरै पुलहरूमा क्षति पुर्‍याएको छ । पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ । यस्तै, पाँचथरको हिलिहाङ र ताप्लेजुङ जोड्ने निर्माणाधीन ‘लिम्बुनी मोटरएबल पुल’ पनि बाढीले बगाएको छ । गाउँपालिकाभित्र च्याङथापु र चाम्लिङडाँडा जोड्ने झाेलुङ्गे पुल, च्याङथापु र एकराते जोड्ने झाेलुङ्गे पुल र याङवरक-२ दोभानेस्थित नाम्रेक र फलैचा जोड्ने झाेलुङ्गे पुल पनि बगाएकाे छ ।

मध्यपहाडी लोकमार्गको थर्पु–चिवाभञ्ज्याङ खण्ड ठाउँ-ठाउँमा खसेको पहिरोका कारण अवरुद्ध भएको छ । दोभानेमा रहेको डाइबर्सन र एउटा निर्माणाधीन पुलसमेत बाढीले बगाएको छ ।

बाढी-पहिरोका कारण मोबाइल नेटवर्क र विद्युत् सेवा अवरुद्ध भएको छ । सञ्चार सम्पर्क विच्छेद भएकाले क्षतिको विस्तृत विवरण सङ्कलन गर्न कठिन भइरहेको छ । पाँचथरका प्रहरी प्रमुख डिएसपी अनिश कर्णका अनुसार फोन सम्पर्क हुन नसक्दा उद्धार र राहतका लागि समन्वय गर्न समस्या भइरहेको छ । यद्यपि, प्रहरीले क्षतिको पूर्ण विवरण लिने प्रयास गरिरहेको उनले बताए ।

बाढीले याे क्षेत्रको मुख्य नगदे बाली अलैँची खेतीमा व्यापक क्षति पुर्‍याएको छ । खोला किनारका खेतीयोग्य जमिनहरू बाढीले कटान गरी बगाएको छ ।

प्रकाशित मिति: शनिबार, ०९ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.