मोरङमा अवैध क्रसर उद्याेग : दुई उद्याेग बन्द, एउटालाई जरिवाना

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङ जिल्लामा मापदण्ड विपरीत र अनुमति विना सञ्चालन भइरहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगमाथि स्थानीय प्रशासनले कारबाही गरेकाे छ । एउटा उद्देश्यका लागि अनुमति लिएर अर्कै व्यवसाय सञ्चालन गरिरहेको पाइएपछि जिल्ला अनुगमन समितिले मोरङका दुई वटा उद्योग बन्द गराएको हाे । एउटालाई नगद जरिवाना गरेको छ ।

बेलबारी, मिक्लाजुङ र लेटाङ क्षेत्रमा सञ्चालित यी उद्योगहरूले अवैध रुपमा ढुंगा-गिटी उत्खनन र बिक्री गरिरहेको फेला परेको हो ।

कान्तिपुर वासिङलाई जरिवाना

बेलबारीमा अवस्थित कान्तिपुर वासिङ प्रालिले बालुवा प्रशोधन (वासिङ) को मात्र अनुमति पाएको थियो । तर, अनुगमनका क्रममा अवैध रूपमा क्रसिङ (गिटी निकाल्ने) कार्य गरिरहेको भेटिएपछि गत चैत ३० गते प्रशासनले यसलाई बन्द गराएको थियो । औद्योगिक व्यावसायिक ऐन अनुसार उद्योगलाई ५० हजार रुपैयाँ जरिवाना गरेकाे छ । जरिवानापछि हाल बालुवा प्रशोधनका लागि मात्र सञ्चालन अनुमति दिइएकाे छ । अनुमति बिना ढुंगा-गिटी बिक्री गरी कर छली गरेको आशंकामा थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालयलाई पत्र पठाइएको अनुगमन समितिले जनाएको छ ।

लेटाङमा सञ्चालित महाभगवती क्रसिङ प्रालि कुनै पनि सरकारी निकायमा दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । उद्योग विभाग वा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको प्रमाण पेश गर्न नसकेपछि यसलाई तत्काल बन्द गरी थप कारबाहीका लागि सिफारिस गरेकाे हाे । उद्योगले ठूलो परिमाणमा ढुंगा-गिटी अवैध रूपमा उत्खनन गरी बिक्री गर्दै आएको थियो ।

देवीथान कङ्क्रिट उद्योग सिल

मिक्लाजुङस्थित देवीथान कङ्क्रिट उद्योगले पनि चरम लापरबाही गरेको भेटिएको छ । बालुवा प्रशोधन, ह्युमपाइप, बिजुलीको पोल र कङ्क्रिट इँटा बनाउने अनुमति लिएको उद्योगले अनुमति बिना नै क्रसिङ मेसिन चलाइरहेको फेला परेको हो । प्रारम्भिक वातावरणीय परीक्षणसमेत नगरी उत्खनन गरेकाे भेटिएकाे थियाे । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नभई ‘प्रालि’ को नाममा फर्जी बिल काटेर बिक्री गरिरहेको पाइएपछि सिल गरेर कारवाही प्रक्रिया अघि बढाएकाे हाे ।

मोरङको ग्रामथान क्षेत्रमा पर्ने लाेहन्द्रा खोला खण्डमा मेसिन प्रयोग गरी भइरहेको अवैध उत्खननमा प्रशासनले रोक लगाएको छ । सो क्षेत्रमा भइरहेको अनियन्त्रित उत्खननको रिपोर्टिङ गर्न पुगेका पत्रकारमाथि व्यवसायीले दुर्व्यवहार गरेपछि यो विषय थप चर्चामा आएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार, तत्कालका लागि मेसिन प्रयोगमा रोक लगाउँदै घटनाको छानबिन गर्न एक समिति गठन गरिएको छ । समितिको प्रतिवेदन आएपछि दोषीमाथि कारबाही र थप कानुनी प्रक्रिया अघि बढाइनेछ उनले बताए ।

प्रकाशित मिति: बिहिबार, ०७ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.