विराटनगर । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) चालु आर्थिक वर्ष २०८२–०८३ मा १० खर्ब नाघ्ने अनुमान गरिएको छ । कुल गार्हस्थ्य उत्पादन १० खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको हो ।
तथ्यांक समन्वय कार्यालय विराटनगरले बुधबार सार्वजनिक गरेको प्रादेशिक लेखा अनुमान अनुसार प्रदेशको आर्थिक वृद्धिदर ३.१ प्रतिशत रहने प्रक्षेपण पनि गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक दिनेश भट्टराईका अनुसार गत आर्थिक वर्षमा कोशी प्रदेशको जीडीपी संशोधित अनुमान अनुसार ९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो ।
उनले राष्ट्रिय अर्थतन्त्रमा कोशी प्रदेशको योगदान १५.८ प्रतिशत रहेको जानकारी दिँदै यो महत्वपूर्ण हिस्सा भएको बताए । उनका अनुसार कोशी प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ३.८५ प्रतिशतभन्दा केही कम रहेको देखिएको छ । यद्यपि, प्रदेशको अर्थतन्त्र आकारका हिसाबले बागमतीपछि दोस्रो स्थानमा रहेको पनि उनले उल्लेख गरे ।
तथ्यांकअनुसार कोशी प्रदेशको जीडीपी २०७५–०७६ मा ६ खर्ब हाराहारीमा थियो । जुन पछिल्ला वर्षहरूमा निरन्तर विस्तार हुँदै आएको छ । तर, आर्थिक संरचनामा उत्पादन क्षेत्रको हिस्सा अपेक्षाकृत कमजोर देखिएको तथ्यांकले देखाएको छ ।
कार्यक्रममा तथ्यांक समन्वय कार्यालय मोरङका प्रमुख सुवास अधिकारीले संकलित तथ्यांकको विश्लेषण नीति निर्माण, बजेट तथा विकास योजना तयार पार्न प्रभावकारी रूपमा प्रयोग हुनुपर्नेमा जोड दिए । उनले उपलब्ध स्रोत र तथ्यांकलाई व्यवहारिक योजना निर्माणसँग जोड्नुपर्ने आवश्यकता औंल्याए।
त्यसैगरी, कार्यक्रममा कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला र आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले प्रदेशको आर्थिक आधारलाई सुदृढ बनाउन उत्पादनमूलक क्षेत्र विस्तार आवश्यक रहेको धारणा राखे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)