नेपाल भ्रमणका लागि भारतीय कन्टेन्ट क्रिएटरलाई दुतावासकाे निम्ताे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भारतकाे नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय इन्फ्लुएन्सर, भ्लगर र पोडकास्टरहरूलाई नेपाल भ्रमणकाे निम्ताे दिएकाे छ । नेपालको परिचय भ्रमण (फ्यामिलियराइजेसन ट्रिप) गराउने भन्दै दुतावासले आवेदन आह्वान गरेको छ ।

राजदूतावासले २० मेमा जारी गरेको सूचनामा पाँच जना भारतीय डिजिटल सामग्री निर्माताहरू छनोट गरी नेपाल भ्रमण गराइने उल्लेख छ ।

भ्रमणको मुख्य उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आध्यात्मिक स्थल र विविध पर्यटकीय सम्भावनाहरू भारतीय बजारमा डिजिटल माध्यमबाट प्रवर्द्धन गर्नु रहेको छ ।

भारतीय नागरिक वा भारतमा बसोबास गर्ने डिजिटल सामग्री निर्माताहरूले यस अवसरका लागि आवेदन दिन सक्नेछन् । युट्युब, इन्स्टाग्राम, फेसबुक, एक्सलगायत डिजिटल प्लेटफर्ममा सक्रिय उपस्थिति भएका र भ्रमण, संस्कृति, आध्यात्म, खाद्य, साहसिक वा पर्यटनसम्बन्धी सामग्री बनाउनेहरू यस कार्यक्रमका लागि योग्य हुनेछन् । राजदूतावासले उच्च गुणस्तरीय भिडिओ, रिल, पोस्ट र भ्लग बनाउन सक्षम तथा जिम्मेवार पर्यटन र सांस्कृतिक संवेदनशीलताप्रति सचेत उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, ०६ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.