नेपाल भ्रमणका लागि भारतीय कन्टेन्ट क्रिएटरलाई दुतावासकाे निम्ताे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भारतकाे नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतीय इन्फ्लुएन्सर, भ्लगर र पोडकास्टरहरूलाई नेपाल भ्रमणकाे निम्ताे दिएकाे छ । नेपालको परिचय भ्रमण (फ्यामिलियराइजेसन ट्रिप) गराउने भन्दै दुतावासले आवेदन आह्वान गरेको छ ।

राजदूतावासले २० मेमा जारी गरेको सूचनामा पाँच जना भारतीय डिजिटल सामग्री निर्माताहरू छनोट गरी नेपाल भ्रमण गराइने उल्लेख छ ।

भ्रमणको मुख्य उद्देश्य नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, आध्यात्मिक स्थल र विविध पर्यटकीय सम्भावनाहरू भारतीय बजारमा डिजिटल माध्यमबाट प्रवर्द्धन गर्नु रहेको छ ।

भारतीय नागरिक वा भारतमा बसोबास गर्ने डिजिटल सामग्री निर्माताहरूले यस अवसरका लागि आवेदन दिन सक्नेछन् । युट्युब, इन्स्टाग्राम, फेसबुक, एक्सलगायत डिजिटल प्लेटफर्ममा सक्रिय उपस्थिति भएका र भ्रमण, संस्कृति, आध्यात्म, खाद्य, साहसिक वा पर्यटनसम्बन्धी सामग्री बनाउनेहरू यस कार्यक्रमका लागि योग्य हुनेछन् । राजदूतावासले उच्च गुणस्तरीय भिडिओ, रिल, पोस्ट र भ्लग बनाउन सक्षम तथा जिम्मेवार पर्यटन र सांस्कृतिक संवेदनशीलताप्रति सचेत उम्मेदवारलाई प्राथमिकता दिने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, ०६ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
भाेटेकाेशी बाढी : ९०३ जनाकाे शव भेटियाे, ४ हजार २ सय अझै सम्पर्कविहीन
जीवन विकासको विशेष साधारणसभा : युनिक नेपाल र मानुषीसँगको मर्जर पारित
भोटेकोशी बाढी :मृतककाे संख्या ५०० नाघ्याे
दलगत पहिचान छाडेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न रास्वपा सभापतिकाे आह्वान
© 2024 Satyasanchar. All Rights Reserved.