नेपाली चियाकाे निर्यात खुल्याे

Satya Sanchar सत्य सञ्चार

झापा  । नेपाली चियामा लागू गरेको अनिवार्य नमुना परीक्षणको व्यवस्था भारतले फिर्ता लिएपछि चिया निर्यात पुनः सहज भएकाे छ । तीन सातादेखि नेपालबाट भारततर्फ हुने निर्यात अब पूर्ववत् सुचारु भएकाे हाे ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको ‘टी बोर्ड अफ इन्डिया’ले मंगलबार राति संशोधित सूचना जारी गर्दै आन्तरिक खपतका लागि आयात हुने चियामा अनिवार्य परीक्षण नलाग्ने व्यवस्था गरेको हो । यससँगै प्रत्येक ट्रक रोकेर नमुना परीक्षण गर्नुपर्ने बाध्यता हटेको छ । यसअघि भारतले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ लागू गर्दै प्रत्येक ट्रकपिच्छे ११ हजार १ सय २० भारतीय रुपैयाँ शुल्क तिरेर नमुना परीक्षण गर्नुपर्ने व्यवस्था गरेको थियो । परीक्षण रिपोर्ट आउन कम्तीमा दुई साता लाग्ने भएपछि नेपाली चिया निर्यात ठप्पजस्तै बनेको थियो ।

भारतस्थित नेपाली दूतावास र परराष्ट्र मन्त्रालयको पहलपछि भारतीय पक्ष लचक बनेको कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले बताए । उनका अनुसार भारत सरकारसँगको निरन्तर संवादपछि समस्या समाधान भएको हो ।

नयाँ व्यवस्थाअनुसार भारतको आन्तरिक बजारमा जाने चियामा टी बोर्डले परीक्षण गर्ने छैन । यद्यपि, भन्सार वा भारतीय खाद्य सुरक्षा निकायले जोखिम व्यवस्थापन प्रणालीअनुसार छड्के रूपमा नमुना परीक्षण गर्न सक्नेछन् ।

तर, भारतमा आयात भएर तेस्रो मुलुकमा पुनः निर्यात हुने चियामा भने कडा परीक्षण यथावत् रहनेछ । टी बोर्डले परीक्षण प्रतिवेदन पाँच दिनभित्र अनलाइन अपलोड गर्नुपर्ने व्यवस्था पनि लागू गरेको छ ।

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले हालका लागि निर्यात पूर्ण रूपमा खुला भएको बताए । नेपाल टी एसोसिएसनका अध्यक्ष कमल मैनालीले भारतीय निर्णयले किसान र व्यवसायीलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् । गत आर्थिक वर्षमा नेपालले भारततर्फ करिब ३ अर्ब ९८ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको थियो ।

प्रकाशित मिति: बुधबार, ०६ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.