विराटनगर । झापामा पछिल्लाे दुई दिनको अवधिमा दुई जना महिलाको हत्या भएको छ । साेमबार झापाकाे अर्जुनधारा नगरपालिका–८ र मंगलबार हल्दिबारी गाउँपालिका ५ मा दुई महिलाकाे हत्या भएकाे हाे । दुवै घटनामा संलग्न भएकाे आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार मंगलबार राति हल्दीबारी गाउँपालिका–५ कञ्चनश्रीमा ४४ वर्षीय गोकर्ण भण्डारी आफ्नी ३३ वर्षीया पत्नी उर्मिला भण्डारीको हत्या आराेपमा पक्राउ परेका छन् । उनले धारिलो हतियार प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएकाे छ । घरायसी विवादका कारण मंगलबार राति यो घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका–८ मा सोमबार राति २९ वर्षीया काजल बस्नेत सुवेदीको मृत्यु भएको थियाे । मदिरा सेवन गरी भएको विवादका क्रममा २४ वर्षीय किरण गौतमले धकेल्दा काजलको टाउको कङ्क्रिटमा ठोक्किएको थियो । उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएकाे हाे ।
झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका दुवैमाथि ‘कर्तव्य ज्यान’ मुद्दामा कानुनी प्रक्रिया र विस्तृत अनुसन्धान अघि बढाइएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,670)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)