झापामा आधा किलाे सुन र २० हजार डलरसहित भारतीय नागरिक पक्राउ

Satya Sanchar सत्य सञ्चार

विराटनगर । झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको सुन र २० हजार अमेरिकी डलरसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ सिटी सफारीमा आउँदै गरेका पश्चिम बंगाल, कोलकाताका ३९ वर्षीय परम पाठकलाई सुरक्षाकर्मीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाँटमा शंका लागेर चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

पाठकको साथबाट १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ बराबरको ५७० ग्राम सुन र ३० लाख ६५ हजार रुपैयाँ बराबरको २० हजार अमेरिकी डलर बरामद गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति: मङ्गलबार, ०५ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.