ओडीआई क्रिकेटमा सन्दीप लामिछानेकाे कीर्तिमान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेले ओडीआई क्रिकेटमा अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् । लामिछानेले सबैभन्दा छिटो १५० विकेट लिने बलरको कीर्तिमान बनाएका हुन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट लिएर उक्त कीर्तिमान बनाए । स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए ।

सन्दीप ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी समेत हुन् । सन्दीपले ४२ खेलमै उक्त उपलब्धि हासिल गरेका थिए । सन् २०१८ मा नेदरल्याण्डसविरुद्ध खेल्दै ओडीआई डेब्यु गरेका २५ वर्षीय सन्दीपले नेपालका लागि ७३ खेलमा १५१ विकेट लिइसकेका छन् । उनले ब्याटिङमा पनि ५०० रन बनाएका छन् । उनले ७४ टी-२० आई खेलमा १३६ विकेट लिएका छन् ।

प्रकाशित मिति: सोमबार, ०४ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.