प्रदेश खेलकुद विकास बोर्ड : सात महिनादेखि सदस्यसचिवबिहीन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्ड विगत करिब सात महिनादेखि सदस्यसचिवविहीन छ । प्रदेशले लामो समयदेखि सदस्यसचिव पाउन नसक्दा खेलकुदका प्रशासनिक तथा विकासात्मक गतिविधि ठप्पजस्तै अवस्थामा पुगेका छन् ।

खेलकुद क्षेत्रलाई सुदृढ, व्यवस्थित र गतिशील बनाउन नसकेको आरोप प्रदेश सरकारले खेपिरहेको छ । त्यहाँमाथि सामाजिक विकास मन्त्रालय र प्रदेश सरकार भने नेतृत्व चयनलाई थाती राखेर संरचनागत परिवर्तनमार्फत बोर्डलाई थप कमजोर बनाउने खेलमा लागिरहेको पाइएको छ ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको आन्तरिक भागबन्डा मिल्न नसक्दा बोर्डले लामो समयदेखि पूर्ण नेतृत्व पाउन सकेको छैन । सदस्यसचिव नियुक्ति नहुँदा निर्णय प्रक्रिया, कार्यक्रम कार्यान्वयन र खेलकुद गतिविधिहरू सबै ठप्पजस्तै बनेका छन् । यस्तो अवस्थामा केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बोर्डको संरचना नै परिवर्तन गर्ने निर्णय गर्दै ‘प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश, २०८३’ जारी गरेको छ ।

नयाँ अध्यादेशमार्फत बोर्डको कार्यसञ्चालन र निर्णय प्रक्रियामा उल्लेख्य परिवर्तन गरिएको छ । पहिलेको ऐनअनुसार बोर्ड बैठक वर्षमा तीन पटक बस्नुपर्ने प्रावधान थियो । तर, अब उक्त व्यवस्था संशोधन गर्दै बैठक वर्षमा दुई पटक मात्र बस्ने बनाइएको छ । यसलाई प्रशासनिक सहजताका लागि गरिएको दाबी गरिए पनि खेलकुद क्षेत्रका सरोकारवालाहरूले यसले निर्णय प्रक्रिया झन् ढिलो र कमजोर बनाउने भन्दै आलोचना गरेका छन् ।

अध्यादेशमार्फत बोर्डको संरचनामा पनि ठूलो परिवर्तन गरिएको छ । पहिले १५ सदस्यीय रहेको बोर्डलाई बढाएर २६ सदस्यीय बनाइएको छ । उपाध्यक्षको संख्या पनि एकबाट बढाएर दुई पुर्‍याइएको छ । बोर्डको कार्यक्षमता बढाउनेभन्दा पनि पदाधिकारी व्यवस्थापनका लागि संरचना विस्तार गरिएको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ ।

पूर्वसदस्यसचिव हंशराज वाग्लेले सरकार खेलकुद क्षेत्रलाई सुधार गर्ने नभई कमजोर बनाउने दिशामा अघि बढिरहेको आरोप लगाएका छन् । उनका अनुसार सात महिनादेखि नेतृत्वविहीन रहेको बोर्डमा सुधार ल्याउनुपर्नेमा उल्टै संरचना बढाएर दलीय भागबन्डा मिलाउने प्रयास गरिएको छ ।

प्रकाशित मिति: सोमबार, ०४ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.