मधेसमा धेरै बेरुजु, बागमतीमा कम

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा कोशी प्रदेशको ५५ करोड रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार कोशीका २ सय ८ कार्यालयको ५२ अर्ब ३८ करोड लेखा परीक्षणबाट ५५ करोड ५५ लाख बेरुजु कायम भएको देखिन्छ । जुन १.१२ प्रतिशत हो ।

सबै भन्दा धेरै बेरुजु मधेस प्रदेशमा छ । मधेस प्रदेशका १ सय ५० कार्यालयको ४९ अर्ब ६९ करोड रुपैयाँ बराबरको लेखा परीक्षण गरिएको थियो । जसबाट १ अर्ब ८७ करोड बराबर बेरुजु देखिएको छ । जुन कुल लेखा परीक्षणको ३.७७ प्रतिशत हो ।

सबैभन्दा कम बागमती प्रदेशको ०.८३ प्रतिशत बेरुजु कायम भएको छ । बागमतीका २ सय ९ कार्यालयको ८३ अर्ब १५ करोड रुपैयाँ बराबर लेखा परीक्षण भएको थियो । जसबाट ६९ करोड ३७ लाख बेरुजु देखिएको छ ।

गण्डकीका १ सय ८० कर्यालयको ४१ अर्ब ४५ करोड बराबर लेखा परीक्षण भएको थियो । जसमा बेरुजु ५४ करोड ३ लाख देखिएको छ ।

लुम्बिनीका २ सय १४ कार्यालयको ५७ अर्ब २० करोडको लेखा परीक्षण हुँदा ६३ करोड ३२ लाखको बेरुजु कायम भएको छ । जुन १.२७ प्रतिशत हो ।

कर्णालीका १ सय ३७ कार्यालयको ३७ अर्ब १९ करोडको लेखा परीक्षणबाट ७० करोड बराबरको बेरुजु कायम भएको छ । जुन २.०८ प्रतिशत हो ।

सुदूरपश्चिमका १ सय ५९ कार्यालयमा ३९ अर्ब ४९ करोडको लेखा परीक्षण गरिएको थियो । जसबाट ५५ करोड ५९ लाख बराबरको बेरुजु भेटिएको छ ।

प्रकाशित मिति: शुक्रबार, ०१ जेठ, २०८३
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.